२०८१, ७ बैशाख शुक्रबार

चुनावपछि सुरेन्द्रजी मुख्यमन्त्री र म प्रधानमन्त्री बन्ने सम्भावना छः प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन अपिल गरेका छन्। शुक्रबार  गोरखा नगरपालिका–१४ स्थित  याङकोटमा आयोजित सभालाई सम्बोधन गर्दै उनले गोरखाबाट निर्वाचनमा होमिएका उम्मेदवारहरुलाई अत्याधिक बहुमतले विजयी गराउन अपिल गरेका हुन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले गठबन्धनलाई विजयी गराए सुरेन्द्र पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री र आफू प्रधानमन्त्री बन्ने ठोकुवा समेत गरे।

‘तर्पांहरुले दिएको शक्ति लिएर सुरेन्द्र पाण्डेजी गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने सम्भावना छ। फडिन्द्रजी मन्त्री बन्ने सम्भावना छ। निर्वाचनपछि मैले देशको नेतृत्व लिने सम्भावना छ। तपाईंहरुले हामीलाई बलियो बनाएर पठाउनुभयो भने हाम्रो तागत सिंहदरबारभित्र र प्रदेश सरकार भित्र पनि बलियो हुन्छ,’ प्रचण्डले भने।

साथै उनले गोरखाको विकास र समृद्धिको यात्रा तिव्र र द्रूत गतिमा  अगाडि बड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सबैले बिना हिचकिचाहट रुख र हसियाँ अथौडामा मतदान गर्नुपर्ने बताए।

‘विस्तृत शान्ति सम्झौता पश्चात गिरिजाप्रसाद कोइरालाले हसियाँ हथौडामा छाप लगाएको हो। मैले रुखमा छाप लगाएको हो। म माओवादीका साथीहरुले रुखमा छाप लगाउन अफ्ठ्यारो मान्नु पर्दैन। यदी तपाईहरुलाई प्रचण्डको नेतृत्व, माओवादी केन्द्र र शान्ति सम्झौता र संघीय लोकतान्त्रिक गणतन्त्रमा आउनु ऐतिहासिक कर्म हो भन्ने लाग्छ भने रुखमा छाप हाल्दा अफ्ठा्रो मान्नुपर्ने कुनै कुरा छैन्। किनकी रुपमा सबैभन्दा पहिले छाप मैले लगाएको हो। विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्नु भनेको रुखमा छाप लगाउनु जस्तै हो। मसँग मिलेर शान्ति सम्झौतामा हस्ताक्षर गर्नु भनेको माओवादीको हसियाँ हतौडालाई पनि स्वीकार गर्नु हो,’ उनले भने।

उनले गोरखाबाट असाधारण बहुमत आउनुपर्ने बताए।