बैकिङ्ग संस्था विरुद्ध वीरेन्द्रनगर बजार बन्द
सुर्खेत : बैकिङ्ग संस्थाहरुले ब्याजदर बृद्धि गरेको बिरुद्ध हिजो (शुक्रबार) वीरेन्द्रनगर बजार बन्द गरिएको छ । बिभिन्न ब्यबसायिक संघ–संस्थाहरुले सुर्खेतको वीरेन्द्रनगर बजार बन्दको आव्हान गरेका हुन् ।
बैंकहरुले लिएको चर्को ब्याजका विरुद्ध सुर्खेत उद्योग बाणिज्य संघमा बिहिबार बसेको ब्यबसायिक संघ संस्थाहरुका बैठकले वीरेन्द्रनगर बजार बन्दको आह्वान गरेको हो ।
देशमा आर्थिक मन्दी भएको बेला अर्थतन्त्रलाई चलायमान बनाउने महत्वपूर्ण योदान दिएको नीजि क्षेत्रमा भएको ऋण लगानीको ब्याज मनपरी ढंगले महिनैपिच्छे बढाउने र शुल्कका नामा अनेकौ शुल्क लिएर आर्थिक भार थप्ने र ब्याजको किस्ताका लागि तारन्तर मानसिक दबाव दिने कार्यले नीजि क्षेत्र हत्तोत्साही भएकाले बजार बन्दको आह्वान गरिएको सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले बताए ।
बजार बन्द गर्नेहरुमा सुर्खेत उद्योण बाणिज्य संघ, नेपाल च्याम्बर अफ कमर्स सुर्खेत, नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेत, सुयक्त सार्वजनिक यातायात महासंघ, प्याब्सन सुर्खेत, एन प्याब्सन सुर्खेत, उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेश, उद्योग बाणिज्य संघ सुर्खेत, मप ट्रक तथा ट्याक्टर व्यवसायी संघ सुर्खेत र कर्णाली स्वयंसेवक दल सुर्खेत रहेका छन् ।
