२०८३, १७ असार बुधबार

कर्णालीमा बाढीपहिरोका कारणले मृत्यु हुनेको संख्या ३५ पुग्यो, सयौं घरपरिवार विस्थापित

सुर्खेत : कर्णालीका दश जिल्लामध्ये आठ जिल्लामा बाढीपहिरोका कारणले ३५ जनाको मृत्यु भएको छ । असोज १९ गतेदेखि आएको बाढीपहिरोका कारणले ३५ जनाको मृत्यु भएको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपहिरोका परेर असोज १९ गतेदेखि असोज २६ गते बिहानसम्म बाढीपहिरोका परेर कर्णाली प्रदेशभरी ३५ जनाको मृत्यु २० वेपत्ता र २३ जना घाइते भएको छन् ।
बाढीपहिरोमा परेर सबैभन्दा बढी जुम्ला जिल्लामा १० जनाको मृत्यु भएको छ भने सबैभन्दा कम दैलेखमा एक जनाको मृत्यु भएको छ ।
बाढीपहिरोमा परेर मुगुमा ८ जना, कालीकोटमा ५ जना, हुम्लामा ४ जना, जाजरकोटमा ३ जना, सल्यान र डोल्पामा २/२ जनाको मृत्यु भएको छ ।
बाढीपहिरोमा परेर सबैभन्दा बढी कालीकोट जिल्लामा वेपत्ता भएका छन् । कालीकोटमा बाढीपहिरोमा परेर एक प्रहरी जवानसहित १८ जना, जुम्ला र दैलेखमा एक÷एक जना वेपत्ता भएका छन् ।
त्यस्तै, बाढीपहिरोमा परेर कालीकोटमा ७ जना, हुम्लामा ६ जना, मुगुमा ५ जना, जुम्ला ३ जना, जाजरकोट र रुकुमपश्चिममा एक÷एक जना घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
झण्डै २९ सय घरपरिवार विस्थापित
बाढीपहिरोमा परेर कर्णाली प्रदेशमा दश जिल्लाका ४ सय ८० घरका २ हजार ८ सय ८९ घरपरिवार बिस्थापित भएका छन् ।
सुर्खेतका ८ घरका ४५ घरपरिवार, दैलेखका १०३ घरका ५११ घरपरिवार, जाजरकोटका २ घरका १० घरपरिवार, सल्यानका ९ घर, रुकुमपश्चिमका ३ घरका ११ घरपरिवार, जुम्लाका ८६ घरका १ हजार एक सय १३ जना, कालीकोटका ४८ घरपरिवारका ३ सय ४४ जना, मुगुका १ सय ७८ घरका ७ सय घरपरिवार, हुम्लाका ४० घरपरिवारका १ सय ५५ घरपरिवार र डोल्पाका चार घर बिस्थापित भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।