सुर्खेतमा उच्च अदालत बन्ने भएपछि, यस्तो छ जनताको धारणा
गत बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशमा उच्च अदालतको स्थान तोकेको सङ्घीयताको कार्यान्वयन शुरु भएको सङ्केत दिएको छ । प्रदेशको राजधानी नतोकिँदासम्म अस्थायी रुपमा प्रदेश नं ६ को मुख्य अदालत सुर्खेतमा राख्ने मन्त्रिपरिषदको बैठकले निर्णय गरेको थियो ।
सुर्खेतमा उच्च अदालत बन्ने भएपछि सर्वोच्चमा धाउनुपर्ने समस्या अन्त्य हुनेमा र अदालती कामले सर्वोच्च सम्म धाउनु पर्ने झण्झट अन्त्य हुने भन्दै नागरिकहरु खुसी देखिएका छन् । सर्वोच्चमा कुनै पनि मुद्दा दायर भईसकेपछि फैसला हुन वर्षौ समय लाग्ने र आर्थिक हैसियत कमजोर भएकाहरु त झन अदालत धाउँदा धाउँदा जायजेथा नै सकिएको घटना हामीले देख्दै र भोग्दै आएका छौं । यस्ता समस्याका भुक्तभोगी नागरिकहरु आफ्नै छेउमा उच्च अदालत स्थापना हुने भएपछि भने आफुले भोगेका अदालती समस्या अब भोग्न नपर्ने आशामा छन् ।
स्थानियबासी चित्र तिवारी भन्छन हामी सुर्खेतवासीको लागि यो खुसीको खबर हो । पहिले हामी जति पनि विवादमा फस्थ्यौँ यो भन्दा अगाडिको अनुभवमा हामी जिल्ला अदालत सर्वोच्चमा धाउनुपर्ने पैसाले नभ्याउने समस्याबाट ग्रसीत थियौँ हामी तर अब भने सुर्खेतमै उच्च अदालत बनेपछि हामीले न्याय पाउने बाटो खुलेको छ । यो एकदम राम्रो हो । यो निर्णय कार्यान्वयनमा पनि आओस् । पहिले पहिले कुनै मुद्दा फछ्र्यौट हुन धेरै समय लाग्ने र पैसा पनि धेरै नै खर्चिनुपर्ने अवस्था थियो । अँझ मुद्दाको फैसला सुनाईए त पिडितको चित्त पनि बुझ्थ्यो । विभिन्न जालझेल बुन्दै मुद्दा नै फैसला नहुने र पिडितले न्याय नपाउने समस्याको अब भने अन्त्य हुने आश सुर्खेतवासीको छ । अब सुर्खेतमा बन्ने उच्च अदालतले सबैलाई न्याय दिनेछ भन्ने आश स्थानीय सोना थापाको छ ।
लाटिकाईलिका सोना थापा भन्छिन यो हाम्रो लागि एकदमै खुसीको कुरा हो । अब हाम्रो जस्तो सुकै मुद्दा भएपनि छिटो छरितो आफ्नै ठाउँमा फैसला हुने भए अनि पैसा र समयको पनि वचत हुने भो । म त एकदमै खुसी छु । अब सबैले न्याय पाउँछौ । त्यस्तै गगनसिंह ठकुरी भन्छन सरकारको यो निर्णय स्वागतयोग्य छ । सौहाद्रपुर्ण छ । सुर्खेतको मात्रै नभए समग्र प्रदेशकै लागि यो खुसीको कुरा हो । यसलाई स्वागत गर्नैपर्छ । संघीय राज्य भनेकै शक्तिलाई विकेन्द्रिकरण गर्ने हो उच्च अदालत पनि त्यही नै हो अब सर्वोच्च नै धाईरहनुपर्दैन ।
नेवारेका महेशकेशर खनाल भन्छन यो हाम्रो लागि मात्रै नभएर समग्र प्रदेश नं. ६कै लागि खुसीको कुरा हो । अब जनताले न्याय पाउने बाटो खुलेको छ । अब साना देखि ठुला सम्म मुद्दाहरु यहीँ समाधान हुने भए । यो हाम्रो लागि एकदमै खुसीको कुरा हो । त्यस्तै धुलियाबिट दीपा ढकाल भन्छन अब सुर्खेतमा उच्च अदालत बन्ने भएपछि आर्थिक स्थिति कमजोर भएका नागरिकलाई टाढा जान पर्दैन पैसाको बचत हुने भो एकदमै राम्रो हो ।