२०७९, ९ आश्विन आईतवार

जनसाँस्कृतिक महासंघको अध्यक्षमा कटुवाल

जनसाँस्कृतिक महासंघ कर्णाली प्रदेशको अध्यक्षमा कटुवाल - Everest Dainik -  News from Nepalसुर्खेत : जनसाँस्किृतिक महासंघ नेपाल कर्णाली प्रदेशको प्रथम सम्मेलन वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सम्मेलनले ५१ सदस्यिय प्रदेश कमिटी गठन गरेको छ ।
एल.बी कटुवालको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ । उपाध्यक्षमा रणबहादुर बुढा रवी सल्यान, सचिव धिरेन थापा अनुपम सुर्खेत, सहसचिब गणेशबहादुर ओली शक्ति सुर्खेतलाई चयन गरेको छ ।
महिला उपाध्यक्ष ,महिला सहसचिब, कोषाध्यक्ष र सदस्य पदहरुमापछि द्रोस्रो बैठकबाट पारित गर्ने निर्णय भएको सचिव धिरेन थापाले जानकारी दिए ।
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका उपाध्यक्ष जितेन्द्र जिसीको प्रमुख आतिथ्यता र महासंघका केन्द्रीय उपाध्यक्ष भिम कुमाखी महासचिब सुवर्ण मल्ल बिशेष अतिथिको सम्मेलन सम्पन्न भएको हो ।
महासंघको प्रथम सम्मेलनमा प्रेस सेन्टरका केन्द्रीय सचिब गणेश कन्चन भारती, नेपाली लेखक संघका केस महेन्द्र चन्द महानसागर, खगेन्द्र अधिकारी, गणेशभक्त गौतम, कुलमान नेपाली, देवीराम देवकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।