२०८१, ११ बैशाख मंगलवार

वीरेन्द्रनगरमा मुख्यबजार क्षेत्रका अबैध संरचना हटाउन थाल्यो

सुर्खेत:  सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले मुख्य बजार क्षेत्रमा रहेका अवैध संरचना हटाउन शुरु गरेको छ । मुख्य बजार क्षेत्र रहेको मंगलगढी चोकदेखि गणेश चोकसम्मका अबैध संरचना हटाउन शुरु गरेको छ ।
मुख्य बजार क्षेत्रमा रहेका विद्युत, नेपाल टेलिकमका पोल तथा तारहरु र सडक किनारमा रहेका अशोकका रुखहरु हटाउन थालेको छ ।
वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा अवैध संरचनाका कारणले कुरुप बनेको र सडक विस्तारमा कठिनाइ देखिएपछि नगरपालिकाले सात दिनभित्र संरचना हटाउन दिएको पूर्व जानकारी अनुसार संरचना हटाउनु शुरु गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले बताए ।
नगरपालिकाले अवैध संरचनासहित सडक क्षेत्राधिकार भित्र पर्ने नक्सापास अनुमति नलिई निर्माण भएका स्थायी र अस्थायी भौतिक संरचना पनि हटाउने तयारी थालेको नगरपालिकाले जनाएको छ ।