२०८०, १८ आश्विन बिहीबार

वेवारिसे शव फेला

सुर्खेत : सुर्खेतमा एउटा वेवारिसे शव फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका– ८ स्थित मध्यपश्चिम विश्वविद्यालय ब्यबस्थापन सँकाय भवनको भुईतलामा वेवारिसे शव फेला परेको हो ।
सोमबार भवनको बरण्डामा नामथर वतन नखुलेकी गहुँगोरो वर्ण भएकी अन्दाजी २८÷२९ वर्षकी महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
ज्यान सम्बन्धी कसुर (फुटकर ज्यान)मुद्दामा अनुसन्धान सिलसिलामा मृतकको लाशजाँच मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न भएको शव प्रदेश अस्पताल कर्णाली प्रदेश कालागाँउ सुर्खेतको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।