ढुङ्गा लागेर एक जनाको मृत्यु
सुर्खेत : मुगु जिल्ला मुगुम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा भीरबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ । मुगु छायाँनाथ रारा नगरपालिका–१२ लुम्सा गाउँका २८ वर्षीया सिंह बिक मृत्यु भएको हो ।
लुम्साबाट मुगम कार्मारोङ गाउँपालिका–३ आवासिय विद्यालय टाहा जाने क्रममा माथिबाट ढुङ्गा आएको ढुङ्गा टाउकोमा चोट लागि घटना स्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मृतक बिकको शव प्राथमिक स्वास्थ्य केन्द्र पुलुमा पोष्टमार्टमका लागि लगिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै रुकुम पूर्र्व सिस्ने गाउँपालिका–३ का ५५ वर्षीया जोखे कामी पानी घट्टको चक्की बेच्नको लागि जिल्ला रुकुम पश्चिम बाफिकोट आएर चक्की बेची घरतर्फ जाने क्रममा रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–१ खेतखोलामा सडक छेउमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
