२०७९, ९ आश्विन आईतवार

नगदेबाली र सिंचाईमा जोड

नयाँँ नेपाल : यस क्षेत्रमा उत्पादन हुने कोदो, मकै, फापर आलु, जौं, ओखर, मार्सी धानलगाएतका अन्य बाली हुन् । यिनीको उत्पादनमा बृद्धि गरि खाद्यान्न आत्मनिर्भर बनाउन सकिन्छ । अहिले पनि आयातित खाद्यान्नलाई‘सेतो चामल’ लाई मात्र खाद्यान्न हो भन्ने संकारको अन्त्य नगरी यहाँ खाद्यान्नमा आत्मनिर्भर बन्न सक्ने अवस्था छैन् । त्यसका लागि प्रमुख बाधक भनेको सिंचाईको उचित ब्यवस्थापन नभएर हो । सिंचाईको उचित ब्यवस्थापन हुने हो भने यसमा आत्मनिर्भर बनाउन सकिन्छ । अहिले सबै ठाउँमा सिंचाईको राम्रो ब्यवस्था छैन् । सिंचाईको ब्यवस्था नहुदाँ मात्र यहाँ खडेरीका कारणले भोकमरी हुने गरेको छ ।
कर्णालीलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने हो भने पहिलो नम्बरमा सिँचाइ व्यवस्थापन राम्रो हुनुपर्छ । सिँचाइ अभावमा यहाँ खडेरीजस्तो प्राकृतिक विपत्ति आइलाग्ने गरेको छ । सिँचाइको राम्रो प्रबन्ध नहुँदा यहाँको स्थानीय उत्पादन मकै, चिनो, कागुनो, फापर, जौं, कोदो, आलु र सिमी उत्पादन सोचेजस्तो हुन सकेको छैन । यसले गर्दा यहाँ प्रत्येक वर्ष भोकमरी नै हुने गरेको छ । सिँचाइको राम्रो व्यवस्था भइदिए यहाँको कृषि उत्पादनमा वृद्धि हुनेछ । यहाँको सम्भावना भनेको स्याउ र जडिबुटी हो । जडिबुटी र स्याउको उत्पादन गर्न सिँचाइ आवश्यकता खट्किएको छ । स्याउ उत्पादन वृद्धि गर्न पनि सिँचाइ नै चाहिन्छ । अन्तमा, यो क्षेत्रमा जल श्रोतको प्रचुर सम्भावना मात्रै बोकेको छ । त्यसका पनि कर्णालीमा सबै भन्दा बढी जल श्रोत र जडीबुटीको भण्डार रहेको छ । कर्णाली नदीको क्याचमेन क्षेत्र रहेको यो ठुलो भु–भाग जलश्रोत मात्र हाईन, व्यवस्थापन गर्न सक्ने हो भने बर्षनी खरबौ आम्दानी हुन जाने छ । यो क्षेत्र पर्यटन, पशुपालन, खानी, वातावरण, क्रसर उद्योग लगायत सामार्थ बोकेको छ । विकासको संरचनाका हिसावले पिछडिएको र पहाडी क्षेत्र मात्र रहेको यस प्रदेशको आर्थिक प्रगतिको सम्भावना भनेको पर्यटन, जडिबुटी र जलस्रोत नै हो ।