बाईबाई अमेरिका

लामो समय सहेकै हो। अब हद भयो। एक हुन्न, दुई हुन्न, उसले जिद्धि कसी। मृगतृष्णा झेल्दै निराशाका थुप्रै मरुभूमी उसले छिचोली। अब त्यो आशा र धैर्यता रत्तिभर छैन। केवल रिक्तता अनि विद्रोह। बस्।
हुन्छ र हवस् त उसले शब्दकोशबाटै हटाई। ऊ कुनै वाचा र निर्देशनको पर्खाइमा छैन। आज ऊ वेभ क्यामेरामा न्युयोर्कमा रहेको पतिसँग औँला ठड्याएर एस, नोमा जवाफ माग्दैछे। पति मोहित हायलकायल छ। सम्झाउन खोज्छ। सक्दैन। इला एकाएक सर्कसबाट फुत्केको हात्ती जस्तै विप्लवी भई। ऊ आजै वारकि पार गर्नेमा छ। उसको माग एउटै छ, पतिको अमेरिका त्याग। आश्वासन होइन, तुरुन्त वापसी। नत्र आप्mनो निरस र निरर्थक जीवन आजै अन्त्य गर्ने उसको निर्णय छ।
इला जावलाखेलमा सासुससुरासँग बस्छे। पंक्षीको जस्तो स्वतन्त्र जीवन बिहेपछि औपचारिकतामा खुम्चियो। मनोरञ्जन र सामाजिक गतिविधिमा सीमा रेखा कोरिए। सधँै त्यही बाटो, उनै मानिस र त्यही औपचारिकता। लोग्नेको अन्तहीन आश्वासन। वाक्क लाग्यो, मन भड्कियो। ऊ आक्रामक बनी, ढोका थुनेर पिटिएको बिरालो जस्तै।
आज सासूससुरा छिमेकीको बिहे पार्टीमा गए, तर ऊ गइन। ढोका बन्द गरेर मोहितलाई फोन लगाई। वेभक्याम अन गर्नासाथ हर्कत शुरु भयो। सिलिङ प्mयानमा डोरी झुण्ड्याएर बाभ्mन थाली। पतिलाई लाइभ सुसाइड देखाएर तड्पाउने भूत सवार भएको छ। बिहे गरेर दुई वर्षसम्म एक्लो पारेको, भावना नबुझेको, झुक्याएर पलायन भएको उसको आरोप छ। अझ अमेरिकामा अरुसँग रमाइलो गरेको आरोप त उसले भन्न पनि सकेकी छैन। यी सबैको बदला लिने उसको सनक छ। तड्पाउनकै लागि सुसाइड गर्नु बदला नभई आत्मसमर्पण हो भन्ने उसले सोच्न सकिन।
क्रोधयुक्त रोदन निकालेर पतिलाई फोनमा सोधी, ‘एक हप्ता भित्र आउने कि नाई ?’
‘तुरुन्तै कसरी सम्भव हुन्छ डियर ?’ मोहित नरम बन्यो।
‘म्यारिज एनीभर्सरीमा तिमी यहीँ हुनुपर्छ, अरु थाहा छैन,’ उसले आदेशको स्वर निकाली।
‘अहिले सिजन शुरु भा छ। क्रिसमस, न्यु इयर नसकी आउन मिल्दैन। प्लिज तीन महिना टाइम देऊ,’ मोहित अझै विनयपूर्वक प्रस्तुत भयो।
‘तिमीले धेरै ढाँट्यौ, अब पर्खिन्न। आजै एक हप्ताको कन्फर्म टिकट देखाऊ,’ इला झन उग्र बनी।
‘यति सर्ट नोटिसमा कसरी विदा मिल्छ, भन त ?’ मोहित निरिह बन्यो।
‘विदा हैन, काम छोडेर यहीँ बस्नेगरी आऊ,’ उसले अझै पेली।
कुरा मिल्ने छाँटै भएन। मोहितले आज निकै दबाब महशुस ग¥यो। फुत्किने बाटै देखेन। तर पनि इलाले भनेजस्तो गरिहाल्न सहज थिएन। इलाको एक्युट पागलपन शान्त पार्न जरुरी थियो। ‘ऊ पर्ख है म वासरुमबाट आइहालेँ’ भन्दै उठ्यो र अंकुरलाई फोन लगायो।
अंकुर, मोहित र इला स्कुलदेखिका साथी हुन्। अंकुर सफ्टवेयर इन्जिनियर बनेर थापाथलीमा आप्mनै अफिस सञ्चालन गर्दै छ। उसले बनाएका सप्mटवेरको विदेशमा राम्रो माग छ। काम भ्याइनभ्याई। इला एमबिए गरेर बैकिङ सेवामा लागेकी छ भने मोहित पनि अमेरिका गएर सप्mटवेर इन्जिनियरिङ तिर लाग्यो। पढाइ पुरा हुनै लाग्दा नेपाल आएर इलासँग बिहे ग¥यो र अमेरिका हानियो। ब्याचलर सकिनासाथ उ नेपाल फर्किने वा इला पनि अमेरिका जाने समझदारी थियो। तर इलाको भिसा मिलेन। शर्त अनुसार मोहित पनि नेपाल फर्किएन। आशै आशमा दुई वर्ष बिते। त्यसपछि शुरु भए निराशाका अनगिन्ती छालहरु। जसलाई मोहितले सम्हाल्नै सकेन।
मोहितले अंकुरलाई फोनमा भन्यो—तुरुन्तै जावलाखेल जाऊ, इलाले सुसाइड गर्न खोज्दैछे। शुरुमा अंकुरले विश्वास नै गरेन। मोहितले भन्यो, वेभक्याम अन गरेर कुरा गर्दै थियौँ, उसले फोनमै मसँग झगडा गरी। तिमी उतै बस्ने हो भने मेरो सुसाइड पनि लाइभ हेर भन्दै ह्याङ हुन खोज्दैछ। मोहितको आवाज निकै नर्भस थियो। फोन राखेर अंकुर जावलाखेलतिर कुद्यो।
बिहे अगाडि इलाको जीवन निकै रमाइलो थियो। बैँकको जागिर, अमेरिकामा ब्वाइफ्रेन्ड, विवाह हुने तरखर। बिहान बेलुकै भाइवरमा हाँसीहाँसी रमाइला ठट्टा, मजाक। हनिमुन यात्रादेखि वैवाहिक जीवनका रोमाञ्चक कल्पनाले निकै आनन्द दिन्थ्यो। तर विवाह पछि सबै चकनाचुर। मोहित हुरी जस्तै आयो, पन्ध्र दिनमा विवाह सकेर एक्लै बोइङ चढ्यो। न हनिमुन न घुमघाम। इलाको विवाह परिवार र समाजको दोहोरो बन्धन जस्तो मात्र भयो। साँच्चै भन्ने हो भने भर्चुअल जेल जस्तै।
मोहित फर्किएपछि इला निकै उदास बनी। जतिखेर पनि मोहित कै अनुहार अगाडि आउँछ। उसँग एउटै कोठामा बिताएको एक हप्ता वास्तवमा भुल्नै नसक्ने खालको थियो। त्यस्तो अनुभूति यसअघि कहिल्यै गरेकी थिइन। ती सम्झना उसको आँखाबाट ओझेल परेकै होइन। लगातार छटपटी र चिडचिडाहट।
मोहितले उताबाट बराबर फोन गर्न थाल्यो। सायद ऊ पनि छटपटीमूक्त थिएन। उसले केही आशलाग्दा कुरा पनि सुनायो। इलालाई केही महिनामै अमेरिका उड्न सक्ने अनुभूति दियो। ऊ सकारात्मक बनी। मोहितले भनेझैँ डकुमेन्ट तयार गरेर विभिन्न विश्वविद्यालयमा पठाई। तर भिसा मिलेन, पटकपटक रिजेक्ट। आठ महिना बित्यो। उसले हरेस खाई।
इलाको भिसा नमिलेपछि मोहित नै फर्किनु पर्ने हो, तर उसले ब्याचलर पनि सकेको छैन घरबाट लगेको खर्च दुई महिनामै चट भयो। लुकेर भए पनि काम त गर्नै पर्ने भो। कलेज एकातिर काम अर्कैतिर। सधँै भ्याइनभ्याई, दैनिक तनाव। महंगो शिक्षा, घरभाडा, यातायात, देखासिकी मनोरञ्जन। कमाइले छेउ पनि पुगेन। खाने सुत्ने समयको ठेगान छैन। कतिपय लञ्चहरु चकलेटमै टरे, कतिपय डिनर सुपमै बिते। कसलाई भन्ने ? व्यथा त भोग्नेलाई थाहा हुन्छ। रोएर भएन।
बिहेको कुरो चलेपछि ऊ अझ दबाबमा पर्यो। केही डलर, केही गिफ्ट, बिहेका सामान। देखाउनैका लागि पनि लानै प¥यो। आफन्तहरु हाइसाउण्डमा गफ हान्छन्, अमेरिका बस्या छ, डलरमा कमाउँछ, मोहितको के कुरा। उतै सपिङ गर्दैछ, होटलमा पार्टी गर्ने। बाबु आमाको घिरौले नाक लौका जत्रो भइसक्यो। बयान गरेर सकिएको छैन। उता छोरो रात दिनको तनावमा छ। डिपार्टमेन्टल स्टोरमा दिनभरिको खटाई। गाडीबाट सामान झिक, र्याकमा राख, सफाइ गर, सामानको लिस्ट बनाऊ। थाकेर लोथ हुन्छ। पढ्ने त समय नै हुन्न। कसले बुझ्ने?
यस्तै बाध्यता र कठिनाइले चार वर्षको ब्याचलर कोर्स ६ वर्ष लाग्ने भो। सँगै पढेकी पत्नीभन्दा दुई वर्ष पछि। उसलाई मात्र चैन कहाँ छ र ? सात समुद्र काटेपछि आफन्तले देख्दैनन् तर पीडा त पीडा नै हो नि।
यसैबीच इलाले एमबिए सकी, बंैकमा राम्रो जव पनि पाई। मोहितले पनि बिई सक्यो। शर्तअनुसार मोहित फर्किन चाहेन। उसले राम्रो जब पाएँ, तिम्रो भिसाका लागि पनि नयाँ उपाय खोज्दैछु भन्यो। इलाको मनमा फेरि आशाहरु टुसाए। तर मोहितले निकै व्यस्तता देखायो। सधँैजसो काममा छु भन्छ, अफिसको कुरै गर्दैन। आखिर ऊ के गर्छ ? कर गरेपछि उसले इन्डियनको रेष्टुराँमा म्यानेजर छु भन्यो।
पछि थाहा भो, चारवटा टेबल भएको रेष्टुराँमा ऊ म्यानेजर मात्र होइन, कुक, क्यासियर, वेटर क्लिनर सबै रहेछ। इला निरास बनी। विचार पनि मिल्न छाड्यो। मोहितको स्वभाव पनि बदलिदै गयो। कहिले कुन केटीसँग कहिले कुन केटीसँग ऊ घुम्न गएको, डान्स गरेको फोटोहरु फेसबुकमा पोष्ट हुन थाले। शुरुमा विदेशमा यस्तै हो भनेर मन बुझाई। तरपछि उसलाई इष्र्या, डाह र छटपटी हुनथाल्यो। हरेक विकेन्डमा साथीहरुसँग घुम्न गएँ भन्छ। मलाईचाहिँ कसले घुमाउँछ ? मोहितले अमेरिकामा जे गर्छ मैले यहाँ त्यही गरे उसले सहला ? इलालाई असह्य भयो।
इलालाई मोहितको काम पनि चित्त बुझेन। इन्जिनियरिङ पढेर वेटरको! जब आखिर केका लागि ? बैंकको यस्तो राम्रो जब छोडेर म किन अमेरिका जाने ? रेष्टुराँमा असिस्टेन्ट म्यानेजर हुन ? त्यसपछि उसले अमेरिका जाने प्रयासै गरिन।
मोहितले फेरि भिसा एप्लाई गर भन्यो, तर उ मानिन। तिमी नै फर्क भनी। मोहितले राम्रो काम खोज्छु भन्यो। उसले तिमीले पढेकै विषयमा काम पाए मात्र आउँछु भनी। तर उसले पाउन सकेन। नेपाल फर्किन पनि मन छैन। यस्तैमा दुई वर्ष वित्यो। आज इला विद्रोहमा उत्रिई र वेभ क्यामेरा अगाडि आत्महत्या गर्न तम्सिई।
***
मोहितले भनेअनुसार अंकुर हतारिदै जावलाखेल पुग्यो। इला बन्द कोठामा थिई। उसले लगातार ढकढक गर्यो ढोका खुलेन। उसले जबर्जस्ती ढोका फोड्यो। इला भूइँमा लडिसकेकी थिई। ल्यापटप अन थियो, स्क्रिनमा मोहितको विवश अनुहार देखिन्थ्यो। इलाको सुसाइड सफल भएन। सिलिङको हुक खुस्किएर पंखासहित भूइँमा पछारिई। उ अर्ध बेहोश बनेकी थिई। पानी छ्यापेर अंकुरले होसमा ल्यायो।
अंकुरले भन्यो, इट्स टु मच मोहित, फर्की।
फेरि आउन गाह्रो छ कसरी फर्किनु ? मोहितले दिक्क मान्यो।
अंकुरले भन्यो, अमेरिका ज्ञान आर्जन गर्न राम्रो ठाउँ हो तर त्यो ज्ञानको उपयोग आप्mनै देशमा गर्दा बढी सार्थक हुन्छ। दुःख गरेर इन्जिनियर पढ्यो, अनि जीवनभर लेवर ? खै त शिक्षाको मुल्य ?
यस कुराबाट भावुक बन्दै मोहितले भन्यो, ल, म फर्किन्छु, तर नेपाल आएर के गर्ने ? अमेरिका पढेको इन्जिनियरलाई नेपालमा कामको खाँचो हुन्छ ? मैले विदेशीको अर्डर पूरा गर्न सकेको छैन। मैकहाँ आइज। कामका अरु थुप्रै विकल्प छन्। अंकुरले आश्वस्त पार्यो।
मोहितले हौसिदै भन्यो, ओ के, एक हप्तामै आउँछु, बाईबाई अमेरिका। अब त खुस ? मोहितको निर्णय सुनेर इलाको रुन्चे अनुहार मुस्कानले भरियो।
साभार :सेतोपाटिबाट