२०८१, २३ बैशाख आईतवार

तरुण दलका अध्यक्ष शाहीले पालिकाका प्राविधिक कुटे

सुर्खेत : नेपाली कांग्रेसनिकट युवा संगठन नेपाल तरुण दल बाँफिकोट गाउँपालिका रुकुम पश्चिमका अध्यक्ष राजु शाहीले बाँफिकोट गाउँपालिकाका प्राविधिकमाथि हातपात गरेका छन्। कार्यालय समयमा कार्यकक्षमै सब-इन्जिनियर दिपक शाहमाथि उनले हातपात गरेका हुन्।

गाउँपालिका अध्यक्ष जनकुमार बाँठा मगरकै अघिल्तिर शाहीले शाहलाई कुटपिट गरेका थिए। प्राविधिकमाथि कुटपिट हुँदा पनि अध्यक्ष बाँठा मूकदर्शक बनेको भन्दै कर्मचारी आक्रोशित बनेका छन्। कर्मचारीमाथि कुटपिट गर्ने शाहीलाई इलाका प्रहरी कार्यालय बाँफिकोटले नियन्त्रणमा लिएको छ।

उनलाई थप कारबाहीका लागि जिल्ला पठाउने तयारी भइरहेको बताइएको छ। आफूमाथि कुटपिट भएपछि पीडित शाहले कारबाहीका लागि निवेदन दिएका छन्। आफूले गरेको कामको मूल्यांकन नगरिदिएको भन्दै प्राविधिक शाहमाथि शाहीले कुटपिट गरेको अरु कर्मचारीले बताएका छन्।

सम्बन्धित समाचार