२०८३, १७ असार बुधबार

विद्येयक पारित गराउन दवावमूलक प्रद्र्धशन

सुर्खेत : कर्णाली प्रदेशसभामा पेश भएको विद्येयक पारिता गराउन दाववमूलक प्रद्र्धशन गरिएको छ । विद्येयक सरोकार समाजले कर्णाली प्रदेशसभा अगाडी प्रद्र्धशन गरेको हो ।
कर्णाली प्रदेशसभा सचिवालयमा दर्ता भएका तीन वटा विधेयक अबिलम्ब पारित गर्न दाववमूलक विधेयक ऐक्यवद्धता कार्यक्रम गरेका ह्ुन् ।
सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक र नव प्रवर्तन अन्वेषण तथा आविष्कार विधेयक अबिलम्व पारित गर्न सांसद र सरकारलाई दवाव दिन प्रद्र्धशन गरिएको हो ।
सरकारले आफैले विसं. २०७७ कार्तिक २५ गते ‘पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७७’ प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो । यो सदनमा टेबुल भएर छलफलका लागि सामाजिक विकास समिति पठाइएको छ । ढाई वर्षसम्म पर्वतीय विश्वविद्यालय समितिमै अड्टेको छ ।
प्रदेशसभा सदस्य भण्डारी आफैले विसं.२०७८ असोज १० गते प्रदेशसभा सचिवालयमा दर्ता गराएको ‘सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ र पुस २६ गते दर्ता गराएको ‘कर्णाली नव–प्रवर्तन, अन्वेषण तथा आविस्कार प्रतिष्ठान विधेयक, २०७८’ दुवै गैर–सरकारी विधेयक हुन् ।
संसदमा पेश भएका विद्येयकलाई रोक्नका लागि चलखेल शुरु भएकाले त्यसलाई पारित गराउनका लागि दवाबमूलक कार्यक्रम गरिएको सांसद नरेश भण्डारीले बताए । ‘कर्णाली समृद्धि र स्वाभिमानका आधारस्तम्भहरु सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक र कर्णाली नव प्रवर्तन, अन्वेषण तथा आविस्कार विधेयकलाई पारित भए कर्णालीमा अर्को समृद्धि आउँछ,’ उनले भने ।