२०८१, १९ बैशाख बुधबार

शारदा नदीमा माछा मार्न गएका पुरुष मृत फेला

सल्यान : सल्यानको शारदा नदीमा माछा मार्न गएका एक पुरुष मृत फेला परेका छन्। जिल्लाको शारदा नगरपालिका-६ का ५० वर्षीय डोलबहादुर भण्डारी मृत फेला परेका हुन्।

हिजो (बिहीबार) राति साढे ८ बजेतिर माछा मार्न गएका बुढाथोकी शारदा नगरपालिका-६ भट्टाचौरनजिकै शुक्रबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख सुमित खड्काले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ।