२०८१, २३ बैशाख आईतवार

कर्णाली प्रदेशसभाको बैठक स्थगित

सुर्खेत : कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको कर्णाली प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित भएको जानकारी दिइएको हो ।
प्रदेशसभाको बैठकका लागि सरकार पक्ष र प्रतिपक्ष दलनेकपा एमालेबीच सहमति जुट्न नसक्दा बैठक स्थगित गरिएको हो ।
अनुसार सूचना टाँसेर बिहीबारको बैठक स्थगित गरिएको संसद् सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले जानकारी दिए । ‘शुक्रबारका लागि बैठक बोलाइएको छ ।’ उनले भने,‘लामो समयदेखि बैठक स्थगित हुँदै आएको छ ।’
बिहान ११ बजेदेखि बसेको सर्वदलीय बैठक बोलाइएको थियो । सत्ता र प्रतिपक्षको आ–आफ्नै अडानले सर्वदलीय बैठकमा सहमति जुट्न नसक्दा स्थगित भएको हो ।
के छन् एमाले माग
एमालेले गत माघमा सरकारले प्रतिपक्षसँग गरिएको ७ बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने, आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि ल्याइएको बजेटको किताब तथ्यगत रुपमा ल्याउनुपर्ने, मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यविधि सच्याउनुपर्ने र बजेटमा समेटिएका सुदूरपश्चिमका तीन जिल्ला कर्णालीको बजेटमा हटाउनुपर्ने अडान राखेको छ । तर, सरकार भने बजेट पास गरिसकेपछि मात्र कार्यान्वयनमा लैजाने बताइरहेको छ ।
अध्यादेशबाट बजेट आउन सक्ने
कर्णाली प्रदेशसभाको बैठक एमाले अवरोध गर्दै आएमा एमाले अध्यादेशबाट बजेट ल्याउने तयारीमा कर्णाली प्रदेश सरकार रहेको छ । असार १ गते संसदमा पेश गरेको बजेटमा अवरोध हुँदै आए अध्यादेशबाट बजेट ल्याउने कर्णाली प्रदेशको तयारी रहेको छ ।
सरकारमा सामेल एक मन्त्रीका अनुसार एमालेको संसदमा अबरोध कायम नै रहे अध्यादेशबाट भएपनि बजेट ल्याउने तयारीमा सरकार रहेको बताए । ‘बजेट त जसरी ल्याउनु पर्ने अवस्था हुन्छ ।’ उनले भने,‘बजेट नआए नयाँ वर्षमा हामी काम नै हुँदैन । अध्यादेशबाट भएपनि बजेट आउँछ ।’
आर्थिक वर्ष २०७८÷०७९ को बजेट अध्यादेशबाट नै बजेट ल्याएको थियो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण प्रदेशसभाको बैठकमा बजेटका बिषयमा छलफल हुन नसक्दा सरकारले अध्यादेशबाट बजेट ल्याएको थियो ।