२०८१, १२ बैशाख बुधबार

कर्णाली प्रदेश लोक सेवाले माग गरेभन्दा धेरै आवेदन

सुर्खेत : कर्णाली प्रदेश लोकसेवा आयोगले धमाधम कर्मचारीको भर्ना थालेको छ । नयाँ कर्मचारी भर्नामा रहेको लोक सेवा आयोगले गरेको विज्ञापनमा मागभन्दा धेरै आवेदन दिने गरेका छन् ।
कर्णाली प्रदेश सरकारले कम्प्युटर सहायक, निजमति बिबिध सेवा, ल्याव असिस्टेन्ट, सव ओभर सियर लगाएत पदका लागि कर्णाली प्रदेश लोक सेवा आयोगले विज्ञापन खोलेको छ । यी पदमा लागि मागभन्दा धेरै आवेदन परेका छन् ।
६५ पदमा माग भएकोमा साढे ११ हजारसम्मले आवेदन परेका छन् ।
माग चार जनाको आवेदन एक हजार सात सय २३ जनाको
कर्णाली प्रदेश लोक सेवाले आयोगले कम्प्युटर सहायक अपरेटर(चौथो तह) का लागि २०७८ साल माघ २५ गते ४ जनाको माग गर्दै विज्ञापन खोल्यो । प्रदेश निजामति सेवा तथा स्थानीय सरकारी सेवा अन्र्तगत खोलेको विज्ञापनमा खुला तथा समावेशीतर्फ चार जनाको माग गरिएको थियो । तर, यो पदका लागि एक हजार सात सय २५ जनाको आवेदन परेको कर्णाली प्रदेश लोकसेवा आयोगले जनाएको छ । यसको परीक्षा यही असार २९ वा ३० गते हुने संम्भावना रहेको छ ।
माग १३ जनाको आवेदन चार हजारको
कर्णाली प्रदेश लोक सेवा आयोगले नै निजामति सेवा तथा स्थानीय सरकारी सेवाका लागि २०७८ साल माघ २५ गते १३ जनाको माग गर्दै विज्ञापन खोल्यो । प्रदेश निजामति सेवा तथा स्थानीय सरकारी सेवा अन्र्तगत खोलेको विज्ञापनमा खुला तथा समावेशीतर्फ १३ जनाको माग गरिएको थियो । तर, यो पदका लागि चार ५१ जनाको आवेदन परेको कर्णाली प्रदेश लोकसेवा आयोगका उपसचिव बृद्धिबहादुर खत्रीले जनाए ।
स्वास्थ्य क्षेत्रमा माग १० जना आवेदन परे साढे २१ सयको
प्रदेश निजामति सेवा तथा स्थानीय सरकारी सेवा अन्र्तगत खुल्ला समावेशीतर्फ चौथो तह स्वास्थ्य सेवातर्फ मेडिकल ल्याव टेक्निसियन, ल्याव असिष्टेन्टका लागि १० जना माग गरिएको थियो । यसका लागि दुई हजार एक सय ४९ जनाले आवेदन दिएको कर्णाली प्रदेश लोक सेवा आयोगले जनाएको छ ।
सव–ओभरसियरमा माग ७५ को आवेदन छ हजार सात सयको
त्यस्तै प्रदेश निजामति सेवा तथा स्थानीय सरकारी सेवा अन्र्तगत गत माघ २५ गते नै चौथो तह इन्जिनियर सेवा, सिभिल समूह, जनरल उपसमूह र असिष्टेन्ट सव–ओभरसियरमा ७५ जनाको माग गरिएको थियो । तर, यसका लागि छ हजार सात सय जनाले आवेदन दिएको कर्णाली प्रदेश लोक सेवा आयोगले जनाएको छ ।
सबैभन्दा कम आवेदन बैद्य समूहका
कर्णाली प्रदेश लोक सेवा आयोगले चौथो तहमा स्वास्थ्य तथा आयुर्वेद समूह वैद्य पदका लागि चार जनाको माग गरेको थियो । यो समूहका लागि पाँच सय १४ आवेदन परेका छन् ।
यो समूहमा सबैभन्दा कम आवेदन परेको लोकसेवा आयोगले जनाएको छ ।
६९ पदको माग गर्दा ५२ सय आवेदन
आयोगले चौथो तह कृषि सेवा, भेटेरीनरी समूहमा ६९ पदका लागि आवेदन खोलेको थियो । समूहमा ६९ पदका लागि माग भएकोमा पाँच हजार दुई सात जनाको आवेदन परेको छ ।
त्यस्तै, चौथो तह प्रशासन सेवाका लागि ६५ जनाको माग भएको ११ हजार सात सय ५४ जनाले आवेदन दिएका छन् ।
त्यस्तै, चौथो तहमा नै अमिन पदका लागि ४ जनाको माग भएकोमा एक हजार दुई सय ८३ जनाले आवेदन दिएका छन् ।
मागभन्दा आवेदन बढी आउनु बेरोजगारी समस्या
कर्णाली प्रदेश लोक सेवा आयोगमा मागभन्दा आवेदन बढी आउनुमा बेरोजगारी समस्या बढी रहेकाले यो अवस्था आएको अधिवत्ता गीता कोइरालाले बताइन् । ‘हाम्रो समाजमा बेरोजगारी समस्या बढ्दै गयो । त्यसका कारणले लोकसेवाले मागेभन्दा बढी आवेदन परेका हुन् ।’ उनले भनिन्,‘यो स्वाभाविकै प्रक्रिया हो ।’
लामो समय सव–ओभरसियर बढेर आफुले लोक सेवाको तयारी गरेको तर, लामो समयसम्म पनि लोक सेवा आयोग नखुल्दा परीक्षा दिन नपाएको अहिले कर्णाली प्रदेशले खोलेको लोक सेवामा परीक्षा दिएको कालीकोट नरहरिनाथ गाउँपालिका–९ का किशोर बिष्टले बताए ।