२०८१, ६ पुष शनिबार

पुरुष मित्र, यस्ता समस्या छन् ? बेवास्ता नगर्नुहोस्, ठूलो रोगको सूचक हुनसक्छ

इन्टरनेशनल जर्नल अफ क्लिनिकल प्राक्टिसको एक रिपोर्ट अनुसार पुरुष धेरैजसो सानोतिनो समस्या जस्तै पटक–पटक पिसाब लाग्नु, सानो कुरामा पनि तनाव हुनु, छोटो सास आउनुजस्ता लक्षणलाई बेवास्ता गर्छन् । तर धेरैपटक यी साना लक्षण कुनै ठूलो रोगको सूचक हुनसक्छ त्यसकारण हामी आज तपाईंलाई यस्ता समस्याबारे बताउँदैछौं जसलाई ध्यानमा राखे ठूलो समस्याबाट बच्न सकिन्छ ।

कपाल झर्नुः
धेरैजसो पुरुषको कपाल एक समयपछि झर्न सुरु गर्छ । तर समय अगावै कपाल झर्न सुरु भए थाइराइड र तनावको संकेत हुनसक्छ । धेरै दिनदेखि कपाल झर्न नरोकिए तुरुन्त डाक्टरको सल्लाह लिनुहोस् ।

२. इरेक्टाइल डिसफंक्सनः
इरेक्टाइल डिसफंक्सनको प्रमुख कारण मधुमेह हो । तर मृगौला र फोक्सोको जटिल रोग पनि यसको कारण हुनसक्छ । त्यसकारण बेलैमा सचेत हुनुहोस् ।

३. पिसाब फेर्न समस्याः
पिसाब फेर्दा यदि तपाईंलाई दुख्छ वा पिसाबमा रगत आउँछ भने कि त तपाईंको प्रोस्टेट ठूलो भएको हुनुपर्छ वा प्रोस्टेट क्यान्सरजस्तो गम्भीर समस्याको संकेत हुनसक्छ ।

४. कब्जियत, झाडाः
लामो समयसम्म कब्जियत र झाडा ठिक भएन भने यो पेटको टीबी, इरिटेबल बाउल सिन्ड्रोम वा एड्सजस्ता रोगको संकेत हुनसक्छ ।

५. छातीमा गाँठोः
यदि तपाईंको छातीमा कुनै प्रकारको गाँठो छ भने यो पुरुषको स्तन क्यान्सरको संकेत हुनसक्छ । यसलाई बेवास्ता गर्दा समस्याले ठूलो रुप लिने गर्दछ ।

६. दाँतबाट रगत आउनेः
एडल्ट डेन्टल हेल्थको सर्वेक्षण अनुसार पुरुषहरुमा यो समस्या महिलाभन्दा बढी हुन्छ । लामो समयसम्म दाँतबाट रगत आउँछ भने यो मधुमेह र मुटुको समस्याको कारण बन्न सक्छ ।

७. थकानः
पुरुषमा थकानको कारण स्ट्रेस पनि हुनसक्छ । यसलाई बेवास्ता गरे मधुमेह, फोक्सोको क्यान्सर र मुटुको समस्याको खतरा बढ्ने गर्दछ ।

८. छोटो सास आउनुः
हिँड्दा र थोरै काम गर्दा नै सास लिन समस्या हुन्छ भने यो दम, रक्तअल्पत्ता वा मुटुसँग जोडिएको रोगका कारण हुनुसक्छ । पुरुषमा यस्तो समस्या धेरै हुन्छ । यसलाई बेवास्ता नगर्नुहोस् ।

९. घुर्नेः
धेरैजसो पुरुषहरु बेस्सरी घुर्ने गर्दछन् । यो निन्द्रा पुरा नभएको र थकानको संकेत हुनसक्छ । लामो समयसम्म यस्ता समस्या भइरहे एलर्जी, स्लिप आप्निया डिसअर्डरको खतरा हुनसक्छ ।

मेन्स हेल्थ फोरमको रिपोर्ट