२०८१, २ पुष मंगलवार

भारतीय सेनाको कारबाहीमा केपिएलटीका छ लडाकूको मृत्यु

indian-army-fight-5593757-180x135भारतीय सेना र कर्बी पिपल्स लिबरेसन टाइगर्स ( केपिएलटी) समूहबीच शुक्रबार उत्तरपूर्वी आसाममा भएको झडपमा छ जना विद्रोही लडाकूको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् ।

कर्बी आङलोङ जिल्लामा शुक्रबार बिहानै भएको दोहोरो गोली हानाहानमा उनीहरुको मृत्यु भएको हो ।

केपिएलटी समूहका लडाकूले गस्तीमा रहेको सैनिक अधिकारीमाथिजङ्गलमा लुकिछिपी आक्रमण गरेका र सेनाको प्रत्याक्रमणबाट उनीहरुको मृत्यु भएको सेनाले बताएको छ । घटनामा एक सरकारी सेना घाइते भएको बताइएको छ ।