सलाहको गोलले हारबाट जोगियो लिभरपुल
इंग्लिस प्रिमियर लिगमा लिभरपुलले बराबरीबाट सिजनको सुरुवात गरेको छ। शनिबार साँझ भएको सिजनको पहिलो खेलमा लिभरपुल फुलह्यामसँग २/२ गोलको बराबरी खेल्दै अंक बाँड्यो। प्रतियोगितामा राम्रो सुरुवात गर्ने क्रममा फुलह्यामले भने दुई पटकको अग्रता जोगाउन सकेन।
लिभरपुल विरुद्ध उत्कृष्ट प्रदर्शन गरेको फुलह्यामका लागि दुबै गोल अलेक्सेन्डर मित्रोभिकले गरेका थिए। पहिलो हाफमा नै लिभरपुललाई अग्रता दिलाउने क्रममा मित्रोभिकले टेटेको क्रसलाई आकर्षक गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलको अग्रता बनाएको फुलह्याम विरुद्ध दोस्रो हाफमा लिभरपुलले बराबरी गोल फर्काउन सफल भयो।
डरविन नुनेजले ६४ औँ मिनेटमा सलाहको पासलाई ‘ट्रिकी’ सट प्रहार गर्दै खेललाई १/१ को बराबरीमा ल्याए। तर फुलह्यामले खेलमा पेनाल्टीमार्फ अग्रता लियो भान डाईकले पेनाल्टी बक्समा फल गरेपछि पाएको पेनाल्टीलाई मित्रोभिकलेनै गोल गर्दै फुलह्यामलाई २/१ को अग्रता बनायो।
त्यसपछि दबाबमा परेको लिभरपुलको संकट सलाहले ८० औँ मिनेटमा टारेका थिए। त्यसपछि लिभरपुलले गोलका केही राम्रा मौका पाएपनि गोल गर्न नसक्दा अंक बाँड्न बाध्य भयो। उपाधि दाबेदार लिभरपुल तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दीसँगको बराबरी अनपेक्षित रह्यो।