२०८१, ३० भाद्र आईतवार

योनीश्राव हुनुका कारण

योनीस्राव महिला प्रजनन् प्रणालीको स्वस्थ संकेत हो । सा मान्य योनीस्रावमा पानीयुक्त पदार्थ वा तरल पदार्थ, मृत कोषिका र ब्याक्टेरियाको मिश्रण हुन्छ । यसले शरीर र प्रजनन् अंगहरुलाई प्रजननका लागि तयार पार्ने काम गर्छ ।
सामान्यतया स्वस्थ योनीस्राव पातलो हुन्छ । कतिपय महिलामा गाढा रबको स्राव पनि हुनसक्छ । यो खासै चिन्ताको विषय होइन । तर यदि यौनीस्राव धेरै भयो वा योनीस्रावको रब धेरै गाढा छ भने सचेत हुनुपर्छ । कहिलेकाहीं शरीरमा केही समस्या हुँदा पनि योनीस्राव हुन्छ ।

अण्डाको निष्कासन….
महिलाको अण्डाशयबाट अण्डा निस्कने क्रममा पनि योनीस्राव हुन्छ । यो मासिक धर्मचक्रपछि हुन्छ । यस अवधिमा बाक्लो स्राव हुन्छ । यो गाढा सेतो र पहेंलो हुन्छ । यसले शरीरमा एस्ट्रोजनको स्तर बढेको र अण्डाशय नजिकै रहेको संकेत गर्छ । योनीस्राव अण्डा निष्कासनसम्म धेरै हुन्छ र त्यसपछि कम हुन्छ ।

 

हर्मोनल असन्तुलन….सबै रोगको जड तनाव | Nagarik News
तनाव, खराब खानपान, खराब जीवनशैली सम्बन्धित हर्मोनल असन्तुलनले कहिलेकाहीं योनीबाट भारी स्राव निम्त्याउन सक्छ । यस्तो अवस्थामा यी कारणबाट जोगिन र हर्मोन सन्तुलित राख्ने प्रयास गर्नुपर्छ ।

 

पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस)….

पॉलीसिस्टिक ओवरी सिंड्रोम (पीसीओएस): लक्षण, कारण और उपाय - PCOS in hindi |  1mg
पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीआ ेएस) भएका महिलामा एन्ड्रोजन भनिने पुरुष हर्मोनको मात्रा उच्च हुन्छ । धेरै मात्रामा एन्ड्रोजन स्तरले अनियमित महिनावारी निम्त्याउँछ र अण्डाशयलाई रोक्छ । त्यसैले यस अवधिमा महिलालाई अत्याधिक योनीस्राव हुनसक्छ । तसर्थ यदि अत्याधिक योनीस्राव र अन्य लक्षणहरू छन् भने चिकित्सकको परामर्श लिनुपर्छ ।

फंगल इन्फेक्सनको कारण….
फंगल इन्फेक्सनको कारण पनि योनीस्राव बढ्छ र धेरै बाक्लो हुन्छ । यो फङ्गस वृद्धिको कारण हुन्छ । यो जुनसुकै उमेरका महिलालाई पनि हुनसक्छ । फंगल इफेक्सनमा योनीस्रावसँगै योनी चिलाउने समस्या पनि हुन्छ । यस्तो अवस्थामा चिकित्सकको परामर्शमा औषधि सेवन गर्नुपर्छ ।

भजाइनाइटिस संक्रमण….
भजाइनाइटिस योनीको संक्रमण हो । यो धेरै कसिलो कपडा लगाउँदा र यौनाङ्गको सरसफाइमा कमीले हुन्छ । यस्तो अवस्थामा योनीबाट सेतो, खैरो, पहेंलो वा हरियो रबको बाक्लो स्राव हुनसक्छ । यसबाहेक योनीबाट दुर्गन्ध आउने र चिलाउने हुन्छ । धेरै महिलाले पिसाब गर्दा पीडा वा असुविधा अनुभव गर्न सक्छन् ।

ब्याक्टेरियल भजाइनाइटिस….
ब्याक्टेरियल भजाइनाइटिस योनीमा ब्याक्टेरियाको अत्याधिक वृद्धिको कारणले हुन्छ । योनीको संक्रमण १५ देखि ४४ वर्ष उमेर समूहका महिलामा बढी देखिन्छ । यो यूटीआईको कारणले पनि हुनसक्छ, जसलाई ब्याक्टेरियल भजाइनाइटिस हुन्छ । यस्तो अवस्थामा योनीबाट सेतो वा खैरो स्राव हुन्छ ।