२०८१, २१ बैशाख शुक्रबार

मौसमका कारणले कर्णालीको हवाई उडान प्रभावित

सुर्खेत : मौसममा आएको खराबीका कारणले हवाई उडान प्रभावित भएको छ । मौसमका खराबी आएका कारणले मंगलबार काठमाडौंबाट सुर्खेतमा हुने हवाई उडान रद्द भएको छ भने, सुर्खेतबाट हुम्ला, डोल्पामा हुने हवाई उडान तीन दिनदेखि बन्द छ ।
सडक सञ्जाले नजोडिएका जिल्ला डोल्पा र हुम्लामा हवाई उडान नहुँदा यात्रुहरुलाई समस्या भएको छ । नेपालगञ्ज र सुर्खेत आउने र जाने एयरपोर्टमा नै बस्न बाध्य रहेको डोल्पाका सदरमुकाम दुनैका रामबहादुर बुढाले बताए । ‘सडक सञ्जलासँग नजोडिएको हवाइ मार्गमार्फत यात्रा गर्दै आएका थियौं ।’ उनले भने,‘तीन दिनदेखि हवाई उडान नहुँदा सास्ती भोग्नु परेको छ ।’
मंगलबार बिहानदेखि कर्णालीमा भारी वर्षा सुरु भएका कारण काठमाडौंबाट सुर्खेत उडान भर्न लागेको बुद्ध एयर जहाज काठमाडौंमा डिले भएको छ ।