हुम्लाको मामपुरबासीले २८ वर्षपछि लालपुर्जा, वडा सदस्य
सुर्खेत : हुम्ला जिल्लाको एउटा यस्तो बस्ती छ जहाँ हाल सम्म पनि ऐलानी जग्गामा बसोबास गरेझै थिए बल्ल २८ वर्ष पनि हात हातमा लालपुर्जा पाए पछि उनीहरु खुसी देखिएका छन् ।
हुम्लाको सदरमुकाम सिमकोट भन्दा निकै टाढा रहेको दुर्गम बस्तीका रुपमा चिनिने ताजाँकोट गाउँपालिका–३ मासपुर गाउँका स्थानीयले २८ वर्षपछि लालपुर्जा पाएका छन् । ०५० फागुन १९ मा मासपुरको मालपोत कार्यालयमा दर्ता भएका २४ घरधुरीले २८ वर्षपछि लालपुर्जा पाएका हुन् । पञ्चायत कालदेखि साविकको मैला गाउँ विकास समिति ७ नम्बर वडाको बँदेलचौरमा एक माना चामल र नुन जग्गाको तिरो तिर्दै आएका मासपुरवासीले लामै सम पछि भए पनि हातमा लालपुर्जा पाएकोमा स्थानीय ९२ वर्षीया दलवीर बुढाको भनाइ छ ।
मालपोत कार्यालय हुम्लाले भने मोठमा दर्ता भएको लालपुर्जा लिन जग्गाधनी नै नआएको बताएको छ । २०५० फागुन १९ गते जिल्ला मालपोत कार्यालयमा दर्ता भएको तर जिल्ला सदरमुकामबाट निकै टाढा भएकाले उनीहरु लालपुर्जा नै लिन नआएको मालपोत कार्यालय हुम्लाले जनाएको छ । अनुगमनका क्रममा ताजाँकोट गाउँपालिका जाँदा स्थानीयले लालपुर्जा नपाएको थाहा भएको थियो । तर, गाउँपालिकाबाट सिफारिस लिएर आएपछि प्रतिलिपि दिने भनिए पनि स्थानीय नआएका मालपोत कार्यालयले बतायो ।
गाउँपालिका पूर्वअध्यक्ष बाग्दल मल्लको रहोबारमा त्यहाँका १२ घरधुरीलाई गत वर्ष चैतमै लालपुर्जा दिइएको थियो, दुई घरधुरीले सुरुमै लालपुर्जा लिइसकेका भए पनि अन्यले हालसम्म पनि लालपुर्जा पाएका थिएनन् ।
मतदान केन्द्र कहिले पाउँलान्
२८ वर्ष पछि मात्र लालपुर्जा पाएका मासपुर गाउँका बासिन्दालाई मतदान गर्न ३ दिन हिड्नु पर्ने बाध्यता कायमै छ २०७० देखि मात्र मतदान गर्न पाएका त्यहाँ नागरीहरुले अहिले पनि ३ दिन हिडेरा मतदान गर्न आउनु पर्ने बाध्यता छ ।
जिल्लाको दक्षिणी क्षेत्रमा रहेको ताजाकोट गाउँपालिका वडा नम्बर ३ मासपुर गाउँका बासिन्दाले मतदान गर्नकै लागि तिन दिन खर्च गनुपर्ने बाध्यता अँझै कायम रहेको छ । मतदान केन्द्र टाढा र मतदाता समेत थोरै हुँने गरेकाले पनि मतदान केन्द्र स्थापना हुँन नसकेकोे स्थानीय टेकबहादुर रोकायाले बताए ।
मासपुर गाउँका बासिन्दाको मतदान केन्द्र वडा कार्यलय नजिकै रहेको कैलाश आधारभुत बिद्यालयमा पुग्न पैदल हिडेर एक दिन लाग्ने गरेकोे छ । एक दिन जान, एक दिन आउन र एक दिन मतादान गर्ने समय गरेर तिन दिन समय लाग्ने गरेको स्थानीय रोकायाले बताए । २३ घरधुरी रहेको मासपुर गाउँमा २०७८ सालको जनगणना अनुसार १०३ रहेको छ । ६० बर्ष माथीका १० जना मतदाता छन् भने बाँकी २७ जना बयस्क मतदाता गरी उक्त गाउँमा मतदाता परिचय पत्र भएका ३७ जना रहेको ३ नम्बर वडा कार्यलयले ताँजकोटले जनाएको छ ।
पहिला पटक पायो वडा सदस्य
मामपुर गाउँमा हालसम्म पनि कुनै वडा सदस्य पाउन सकेका थिएन् । गत बैशाख ३० गते भएको निर्वाचनमा गठबन्धनको तर्फबाट नेकपा माओबादी केन्द्रका धनवीर बुढालाई सदस्यको उम्मेदवार बनाएको थियो । उनी नेकपा (माओवादी) केन्द्रबाट वडा सदस्य भएका हुन् ।
उक्त गाउँ हुँदै जाने सैन सैपाल पर्यटकीय पद मार्ग नाम दिएको सडक निर्माणलाई तिब्रता दिने भन्दै बिभिन्न समयमा नेताहरु आउने,अनुगमन गर्ने काम बाहेक अरु केही नभएको वडा सदस्य बुढाले बताए ।
