२०८१, ८ बैशाख शनिबार

नेपालमा लगानीका गर्न अष्टे«लियालाई चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अष्ट्रेलिया समक्ष आग्रह गरेको छ । नेपालका लागि अष्टे«लियन राजदूत फेलीसिटी वोल्कसंग काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज भएको भेटवार्तामा चेम्बरका पदाधिकारीले जलविद्युत, बन, पर्यटन, कृषि एवं साना उद्योगमा लगानीका लागि आग्रह गरेका हुन् । नेपाल र अष्ट्रेलियाबीच ६० बर्ष भन्दा पुरानो कुटनीतिक सम्वन्धलाई थप बलियो बनाउन सरकारी र नीजि क्षेत्रबाट उच्चस्तरीय आर्थिक साझेदारीको आवश्यक्ता रहेको अध्यक्ष मल्लले बताउनुभयो ।
अष्टे«लियाले नेपालको बन क्ष्ँेत्रको संरक्षण तथा सम्वद्र्धन गर्न लामो समय देखि आर्थिक एवं प्राविधिक सहयोग गरेको भन्दै अध्यक्ष मल्ले यसको निरन्तरतामा जोड दिनुभयो । उहा“ले जडिवुटी एवं खानी जन्य तथा धातुहरुको प्रशोधन गर्ने उद्योगमा लगानी गरि अन्तराष्ट्रिय बजार प्रर्वद्धन गर्न समेत राजदूत वोल्क समक्ष आग्रह गर्नुभयो ।
अध्यक्ष मल्लले भन्नुभयो, ‘समृद्ध मुलुक अष्टे«लियाले थुप्रै देशमा लगानी गरिरहेको छ । तर नेपालमा लगानी निकै नगण्य मात्रामा छ । भारत तथा बंगलादेशको विद्युत बजारलाई मध्यनजर गर्दै अपार सम्भावना भएको नेपालको जलविद्युतमा लगानी गर्नका लागि म महामहिम राजदूत वोल्कलाई आग्रह गर्दछु ।’ अष्टे«ेलियाका ठूला लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानीका लागि अध्यक्ष मल्लले आग्रह समेत गर्नुभयो ।