२०८३, १७ असार बुधबार

घुस काण्डमा मुछिएका न्यायाधीश कोइराला निलम्बनमा

काठमाडौं : घुस लेनदेन वार्तामा संलग्न भएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बनमा परेका छन्।

न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच भएको भनिएको टेलिफोन संवादको घटनामा तथ्य छानबिनका लागि न्याय परिषद्ले समिति गठन गरेको थियो। छानबिन समितिको गठनसम्बन्धी सूचना आज राजपत्रमा प्रकाशित भएसँगै न्यायाधीश कोइराला निलम्बनमा परेका हुन्।

परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा गठित समितिलाई जाँचबुझ शुरु गरेको ४५ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ।

यसमा संलग्न वकिल पोखरेलका बारेमा बार काउन्सिल र बार एशोसिएसन दुवैले कुनै कारबाही अगाडि बढाएका छैनन्। अधिवक्ता पोखरेल नेकपा एमाले कानुन विभागसम्बद्ध र अध्यक्ष केपी शर्मा ओली निकटस्थ हुन्।