२०८२, १ श्रावण बिहीबार

एमालेभन्दा एक लाख ५० हजार मत बढी ल्याऔंः उपसभाति खड्का

सुर्खेत : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तहको निर्वाचनमा एमालेको भन्दा एक लाख ५० हजार बढी मत ल्याएको बताएका छन् । सुर्खेतमा आयोजना गरिएको स्थानीय तहका निर्वाचित भएका जनप्रतिनीधिलाई प्रशिक्षण दिँदै एमालेभन्दा एक लाखभन्दा बढी मत ल्याएको बताएका हुन् ।
‘हामीलाई जनताले लोकप्रिय मत दिएका छन् ।’ उपसभापति खड्काले भने,‘तपाईले जनताका पक्षमा काम गर्नुहोस ।’
उपसभापति खड्काले पार्टी भित्रको कुण्डाका कारणले केही ठाउँमा पराजित भएको बताए । ‘हामी देशभरका चार सय बढी स्थानीय तह जित्ने थियौं ।’ उनले भने,‘तर, केही साथीको कुण्डाका कारणले हलो र सुर्य मत दिएका कारणले हामीले हार्नुप¥र्यो । उहाँहरुले पार्टीको निर्णय कार्यान्वयन गर्नुभएन् ।’
पार्टीको कुनै पनि व्यक्ति, पार्टी, संस्था विमति भएपनि पार्टीमा बसेर छलफल गर्ने बानी बसाल्न आवश्यक रहेको उनले बताए । ‘हामी अरुका गल्ती मात्र देख्छौं ।’ उनले भने,‘व्यक्तिगत विवाद समिक्षा गर्न आवश्यक रहेको छ ।’
‘सभापति देउवासँग केहीको व्यक्तिको विवाद होला । मसँग पनि केही व्यक्तिको विवाद होला ।’ उनले भने,‘तर, पार्टी जीवन लगानी गरेका साथीहरुले अरुलाई मतदान गर्नु भए नी ?’
कांग्रेसले पूर्नः निर्माण र पार्टी बनाउनका लागि मवाद छोड्नु पर्ने बताए । ‘म परिवर्तन नहुँने तपाईलाई मात्र परिवर्तन मात्र हुनुहोस भन्ने काम मबाट हुँदैन् ।’ उनले भने,‘जसले तपाईको आलोचना गर्छ । त्यसको नजिक बस्नुहोस् ।’
सवारी साधनमा खरीद नगर्नुहोस
उपसभापति खड्काले जनताको नाममा आएको बजेट विलासी जीवनमा खर्च नगर्न जनप्रतिनीधिलाई आग्रह गरेका छन् । ‘तपाईहरु जनताका नाममा आएका बजेटबाट सवारी साधन खरीद नगर्नुहोस ।’ उनले भने,‘त्यो काम गर्ने कांग्रेसको अधिकार पनि छैन् ।’
जनताको सेवा सुबिधामा आएको सम्पतीमाथि जनप्रनितीधि कुनै हालतमा दुरुपयोग गर्न नपाउने उनको भनाई थियो ।
सेवाग्राही हात जोड्दा हाम्रो पालिका प्रमुख मुन्टो हल्दैन्
सेवाग्राहीलाई सहजै सेवा दिने वातावरण मिलाउन आग्रह गरेका छन् । ‘कार्यालयमा आउँदा हिजो जसरी तपाईको जनतालाई भगवान मान्नु भएको थियो ।’ उनले भने,‘आज पनि त्यही गर्नुहोस ।’
जनता दिएको मतबाट जितेका कारणले जहाँ जनता भेटाउनु त्यहाँ नमस्कार नमन गर्न आग्रह गरेका छन् । ‘विगतमा मत माग्दा जसरी शिर झुकाउँनु भएको थियो ।’ उनले भने,‘अहिले सेवाग्राही आउँदा दुई हात मुन्टो पनि हल्लाउनु पनि हुनु भएन् ।’
शेखर समूहको बहिष्कार
उपसभापति खड्का उपस्थित कार्यक्रममा संस्थापन इतर कांग्रेसले बहिष्कार गरेको छ । जनप्रतिनिधिका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमलाई शेखर कोइराला समूहले बहिष्कार गरेका हो ।
‘नेता नै काठमाडौं गइसक्नु भएको छ । हाम्रा समूहका कोही पनि सदस्य समेत निर्वाचित भएर आएका छैनन् । हामी के मुख लिएर त्यो कार्यक्रममा जानु ?’ संस्थापनइतरका एक नेताले भने, ‘यो कार्यक्रम एक हिसाबले भन्दा हाम्रो विचार समूहबाट बहिष्कार नै हो ।’