२०८३, १७ असार बुधबार

चेक अनादर मुद्दाका फरार विक पक्राउ

सुर्खेत : चेक अनादर मुद्दामा २ वर्ष कैद फैसला तोकिएकी सुर्खेत वीरेन्द्रनगर नगरपालिका १० की मन्जु वि.क.लाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ परेका विकलाई आजै सुर्खेत जिल्ला अदालतमा उपस्थित गराएको प्रहरीले जनाएको छ। प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।