२०८१, ८ बैशाख शनिबार

नुवाकोटमा हाइटेन्सन लाइनको तारतारै मान्छे हिँडेपछि…

नुवाकोटको ककनी गाउँपालिका वडा नं. ७ स्थित बिजुलीको हाइटेन्सन प्रशारण लाइनको तारतारै मान्छे हिँडेपछि स्थानीय प्रशासनले हैरानी पाएको छ ।

मानसिक सन्तुलन ठीक नभएका एक व्यक्ति टावर चढेर तारमा झुन्डिएर हिँडिरहेकाले समस्या भएको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले बताए।

‘फकाएर ओर्ल भन्दा पनि मान्दैन, तारतारै हिँडिरहेको छ’, तामाङले थाहाखबरसँग भने, ‘खसेर मर्ला भन्ने डर भयो, अर्को मान्छे गएर निकाल्न पनि गाह्रो छ, अब हेलिकप्टरबाटै गएर झिक्नुपर्ला जस्तो छ।’

उनका अनुसार ती व्यक्ति नुवाकोट बेलकोटगढी नगरपालिका ९ का हुन्। उनी टावर चढिरहेको देखिएपछि स्थानीयले विद्युत प्राधिकरणमा खबर गरिएपछि लाइन काटिएको तामाङले बताए।

‘टावरको बीचतिर पुगेपछि हल्लाखल्ला भएछ, स्थानीयले फोन गरेपछि विद्युत प्राधिकरणले लाइन काटिदिएको छ, तामाङले भने, राष्ट्रिय प्रशारण लाइन अवरुद्ध गर्नुपरेको छ।’

प्रहरी र स्थानीयले तलबाट फकाएर ओर्लन भनिरहे पनि उसले नमानेको अध्यक्ष तामाङले बताए।