२०८३, १७ असार बुधबार

होटल जन्मदिनको पार्टी खान बोलाएर किशोरीको सामुहिक बलात्कार l

सुर्खेत: बाँकेमा जन्मदिनको पार्टी खान बोलाएर एक १६ बर्षीया किशोरीलाई सामूहिक बलात्कार भएको छ । फेसबुकमा चिनजान भएका जन्मदिनको पार्टी खान बोलाएर शनिबार राती ती किशोरीमाथि बलात्कार भएको छ ।
सामुहिक बलात्कार भएको आरोपमा फेकबुकमा चिनचान भएर बोलाउने युवक बैजनाथ गाउँपालिका–८ का हेमराज थारुसहित सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुन न्यौपानेले जानकारी दिए । फेसबुकमार्फत चिनजान भएका १७ वर्षका हेमराज थारुले आफ्नो जन्म दिन मनाउन भन्दै भेट्न बोलाएपछि आएकी किशोरीलाई हेमराजलगायत सात जनाले शनिबार राती सामूहिक बलात्कार गरेको डिसपी न्यौपानेले बताए ।
किशोरीलाई मदिरा खुवाई शुरुमा बाँके बर्दियाको सिमाना पर्ने मानखोलाको जंगल र त्यसपछि बैजनाथस्थित एक टहरामा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । मानखोलाको जंगलमा ५ जना र टहरामा लगेर २ जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बाँके प्रहरीले प्रहरीले अभियुक्तहरू हेमराज थारु, निराजन थारु, विक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको छ । उनीहरूलाई खजुरास्थित धनौली प्रहरी चौकीमा राखिएको छ ।

सम्पादकीय
अभिभावक जिम्मेवार पुरा गर
शीर्ष नेताहरुले अभिभावकत्व जिम्मा दिएका बालबालिका अहिले अलपत्र परेका छन् । आफ्ना सन्तानसँग अत्यन्त महत्वपूर्ण समय बिताएका नेताहरुले अहिले अलपत्र पारेका छन् । हाम्रा नानीहरू धेरै समय विद्यालयमा नै बिताउने भएकाले यसको सम्पूर्ण जिम्मेवारी शिक्षकले नै लिनुपर्छ । बेलाबेलामा स्कुल गएर फिस तिरिदिएकै छ । अभिभावकको प्रायः यही उत्तर हुन सक्छ । तर त्यतिले मात्र उनीहरुको अभिभाकत्व पुरा गर्न सक्दैन् । वर्तमान अवस्थामा बालबालिकाका विषयमा एकअर्कालाई दोषारोपण गर्नु नियति नै बनिसकेको छ । यसको निकै नराम्रो प्रभाव कलिला विद्यार्थीहरुमाथि पनि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा परिरहेको कुरामा ध्यान भने कमै मात्र गएको हुन्छ । तुलानात्मक रूपमा अलि जिम्मेवारपूर्ण तथा प्रभावकारी हुने गर्दछ । वास्तवमा अभिभावकले आफ्ना सन्तानका लागि कहि न केही अवश्य गर्नु पर्छ । अहिले शीर्ष नेताहरुले अभिभावकत्व लिएका विद्यार्थी जिस्काउने माध्यम पनि बनेका छन् ।
बाबुआमाको समय सन्तानलाई किन आवश्यक हुन्छ रु धेरै समय दिएका बालबालिकाको स्वभाव कस्तो हुन्छ रु र थोरै समय दिएका बालबालिकाको स्वभाव कस्तो हुन्छ ? हामी हाम्रा छोराछोरीहरूलाई कस्तो रूपमा देख्न चाहन्छौ“ । त्यसको निर्धारण अभिभावकले दिने समय र व्यवहारमा भर पर्ने हुन्छ । यसरी बालबालिकाको सोच र व्यवहार सकारात्मक बनाउन अभिभावकले खेल्ने असल जिम्मेवारीलाई नै अभिभावन भनिन्छ । सामान्यतया अत्यन्त कडा अनुशासनमा राख्ने, ज्यादै पुलपुल्याउने अनि माया र अनुशासन दुवै प्रदान गर्ने अभिभावकको व्यवहारिक उपाय हो । तर, उनीहरुले त्यो पाउन सकेका छैनन् । शीर्ष नेताहरुले जिम्मा लिएका विद्यार्थीहरुलाई आवश्यक पर्ने सामग्री पु¥याएर काम गर्न आवश्यक रहेको छ ।