२०७९, ७ जेष्ठ शनिबार

माओवादीका नेता शाहीमाथि भएको आक्रमण निन्दनिय

सुर्खेत । माओवादी केन्द्रका सुर्खेत जिल्ला समन्वय समिति सदस्य गणेशबहादुर शाहीमाथि भएको आक्रमणको माओवादी केन्द्र वीरेन्द्रनगरले निन्दा गरेको छ । माओवादी केन्द्र नगर कमिटीका इन्चार्ज दानसिंह सुनार र अध्यक्ष रत्नबहादुर गाहाले एक विज्ञप्ती जारी गर्दै शाहीमाथि भएको आक्रमणको निन्दा गरेका हुन् ।

वीरेन्द्रनगर नगरपालिका–५ नं. वडाको चुनावी प्रचारका क्रममा धर्मराज गौलीलगाएतका व्यक्तिहरुले शाहीमाथि आक्रमण गरेको घटनाको बिषयमा अनुसन्धान गरि दोषीमाथि कानुनी कारवाही माग गरेका गरेको छन् ।

चुनावी प्रचारप्रसार क्रममा शाहीमाथि आक्रमण भएको दोषी उपर कानुनी कारवाही गर्न माग गरेको नगर कमिटीका अध्यक्ष रत्नबहादुर गाहाले बताए ।