२०७९, ६ जेष्ठ शुक्रबार

नयाँ वर्ष सुखद बनोस

नयाँ बर्ष २०७९ सालको अवसरमा हाम्रा सम्पूर्ण पाठक, शुभेच्छुक, विज्ञापनदाता र सहयोगीहरुसहित सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
वर्ष, समय र दिन आफैँले केहि परिवर्तन ल्याउँदैन, हामी एक–एकले यसलाई नयाँ सोंचले, नयाँ कामले र व्यबहारले नयाँ बनाउनुपर्छ ।
नयाँ वर्षको आगमनसँगै मुलुक शान्ति, स्थिरता, सुशासनका साथै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्ने नयाँ सोच, शैली र स्पष्ट गन्तव्यसहित अगाडि बढिरहेको हुँदा हामी सबैका लागि यो वर्ष सुखद र उपलब्धिमूलक बन्न सकोस भन्ने कामना गर्दर्छाै ।
कोरोनाका कारण र राजनीतिक अस्थिरताका कारणले विगतका वर्षहरु केही असहज रहे । कोरोनाका खोपको विकास र कार्य संस्कृतिको परिवर्तनले मानव जातिको जिजीविषा पुनः उजागर भएको छ । अर्थतन्त्रहरु जसोतसो उभिइसकेका छन् । मानव जातिले प्रकृतिसँग पौठेजोरी खेल्न खोज्न नहुने पाठ सिकेको छ गएको वर्ष ।
अहिले नेपालको आर्थिक अवस्था कमजोर हुँदै आएको छ । व्यापार व्यवसायमा मन्दी आएको छ र चर्को मुल्य बृद्धि हुन थालेको छ । आयात कटौती र निर्यातमा केही वृद्धि गरी सुदृढ अर्थतन्त्रको जग बसाल्न आवश्यक रहेको छ ।
अव्यवस्था र अनिश्चयबाट लामो समय गुज्रेको मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा चुनौती रहेको तथा देशले त्यस्ता अवरोधलाई भोगे पनि मुलुक र जनताको दीर्घकालीन हितका लागि सबैले काम गरुन् । नयाँ वर्षको यही शुभकामना ।