२०७९, ७ जेष्ठ शनिबार

एमालेमा प्रवेश गरे विष्ट, माओवादी केन्द्रले ग¥र्यो निलम्वन

 

सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्बरबहादर विष्टले एमालेमा प्रवेश गरेका छन् । उनलाई आज सुर्खेत आयोजित कार्यक्रता प्रशिक्षण कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गरेका हुन् ।

प्रमुख सचेतक रहेकै समयमा उनले फागुन २७ गते पार्टीबाटै राजीनामा दिएको घोषणा गरेका थिए ।

राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, विकास र समृद्धिको दिसामा हालको पार्टी नेतृत्व लाग्न नसकेको, पहिला कार्यकर्तालाई सडकमा पठाएर पछि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गरिनुलगायतको कारण आफुले पार्टी छोडेको विष्टले बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक ठम्मर विष्टलाई निलम्बन गरिएको छ । प्रदेशसभा सदस्य पदबाट राजीनामा बुझाएपछि प्रदेशसभा दलका नेता तथा पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा फागुन ३ गते बसेको बैठकले उनलाई राजीनामा फिर्ता लिएर नियमित कार्यमा क्रियाशील हुन निर्देशन गरेको थियो ।

निरन्तर पार्टीको विधान विपरीत अभिव्यक्ति दिनका साथै निर्देशनको अवज्ञा गरेको भन्दै दलका नेता शाहीले आज एक प्रेस वक्तव्य जारी गरी प्रमुख सचेतक विष्टलाई पार्टीको सदस्यबाट निलम्बन गरिएको जानकारी दिए ।

इमेलबाट प्रमुख सचेतक विष्टले फागुन २७ गते प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए । नेपालको संविधानको धारा, १८० (क) बमोजिम प्रदेशसभा सभामुखसक्षम राजीनामा दिएका उनले चैत ४ गते सदस्य पद छाडेको सनाखत गरेपछि सभामुख राजबहादुर शाहीले उनको राजीनामा स्वीकृत गरेका थिए । विष्टको राजीनामा स्वीकृत र माओवादी केन्द्रको निलम्बनको सूचनासँगै उक्त पद रिक्त भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

नगर कमिटीद्वारा भत्र्सना

एमालेमा प्रवेश गरेका विष्टले भ्रम फैलाएको भन्दै नेकपा(माओवादी केन्द्र) गुर्भाकोट नगरपालिकाले भत्र्सना गरेको छ । गुर्भाकोट नगरपालिकाका माओवादी केन्द्रका १४ जना वडा अध्यक्षले एक विज्ञप्ती जारी गर्दै विष्टले पार्टी परित्याग गरेको बिषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘पार्टीले गरेका हरेक निर्णयमा र पहलकदमीमा पूर्ण असहमति जनाई राख्ने, बेला बेला राजनीतिक रुप बदलिरहने शैलीले विस्तारै उहाँमा बैचारिक रुमिा स्खलित  भैरहेको देखिन्थ्यो ।’ १४ जना वडा अध्यक्षले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘संबिधानसभाबाट बनेको संबिधालाई सिध्याएर प्रतिगमनको मतियार भएको एमालेमा प्रवेशसँगै नेकपा(माओवादी केन्द्र) गुर्भाकोट नगरपालिका अन्र्तगतका वडा अध्यक्षसमेत प्रवेश गरेको भनि बाचन गरेको नाम झुट्टा र काल्पनिक मात्र भएको अवगत गराउँदछौं ।’

नेकपा(माओवादी केन्द्र) जिल्ला समन्वय समिति सुर्खेतले भन्यो,‘विष्ट अवसरवादी’

नेकपा(माओवादी केन्द्र) जिल्ला समन्वय समिति सुर्खेतले विष्ट अवसरवादी चरित्रको अस्थिर राजनीतिज्ञ भनेर बिरोध जनाएको छ । जिल्ला समन्वय समिति सुर्खेतका संयोजक जीतबहादुर रानाले एक विज्ञप्ती जारी गर्दै विष्ट विगतदेखि नै राजनीतिक अस्थिर रहेको जनाएका हुन् ।

‘विष्टले विगतमा राजनीतिक फाइदा हेरेर माओवादी पार्टी विभाजनका बेला बैद्य समूह हुँदै विप्लवमा लागेको २०७४ साल संघ तथा प्रदेशसभाको निर्वाचनमा माओवादीमा समावेश भएर माओवादी केन्द्रबाट विजयी भएका हुन् ।’ विज्ञप्तीमा भनिएको छ,‘उनी सधै अस्थिर र अवसरवादी चरित्र प्रद्र्धशन गरेर राजनीतिक फाइदा लिने गरेका छन् ।’

पार्टीमा सधै आफुलाई सर्वश्रेष्ठ ठान्ने गरेका कारणले उनको अंहकारवाद हावी रहेको विज्ञप्तीमा जनाएको छ ।

त्यस्तै, सिम्ता गाउँपालिका वडा नं. ३ का वडा सचिव एमालेमा प्रवेश गरेको भन्ने हल्ला भ्रामक रहेको माओवादी केन्द्रका वडा सचिव देवबहादुर सिंहले बताएका छन् । उनले एक विज्ञप्ती जारी गर्दै हाम्रो पार्टीको वडा अध्यक्ष काम बिषेशले बाहिर रहेको त्यसको भ्रममा नपर्न सबैलाई उनले आग्रह गरेका छन् ।