२०८१, ६ जेष्ठ आईतवार

जलवायु परिवर्तनको असर, क्षेत्रफल बढे पनि स्याउ उत्पादन बढेन

स्याउ बारी नियाल्दै मुगुको छायाँनाथ रारा नगरपालिका–४ का धर्मराज रावल । फोटो सौजन्यः प्रकाश देवकोटा, मुगु ।

सुर्खेत । पछिल्लो समय कर्णाली प्रदेशमा स्याउ खेती गर्ने मानिसहरुको संख्या बर्षेनी बढ्दै गए पनि उत्पाद्न भने घट्दै गएको छ । कर्णालीका डोल्पा, जुम्ला, मुगु, कालिकोट र जाजरकोटका विभिन्न क्षेत्रहरुमा स्याउ उत्पादन हुने गरेपनि पछिल्लो समय जलवायु परिवर्तनका कारण उत्पादन घट्दै गएको पाइएको छ ।

पछिल्ला दुई बर्षको तथ्याङ्क हेर्दा कर्णालीमा स्याउ खेती गर्ने मानिसहरुको संख्या बढ्दै गएको पाइन्छ । आर्थिक बर्ष २०७६÷०७७ मा कर्णालीमा ४ हजार १ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिँदै आएकोमा आर्थिक बर्ष २०७७÷०७८ मा त्यो संख्या बढेर ६ हजार ४३ हेक्टर पुगेको छ । चालु आर्थिक बर्षमा त्यो संख्या थप बढ्दै जाने अनुमान गरिएको छ ।

स्याउ खेती गर्ने क्षेत्रलफल बढ्दै गए पनि उत्पादन भने घट्दै गएको छ । आर्थिक बर्ष २०७६÷०७७ मा २१ हजार ३ सय ७७ मेटिक्टन स्याउ उत्पादन भएकोमा आर्थिक बर्ष २०७७÷०७८ मा त्यो संख्या घटेर २० हजार ६ सय ३६ मा झरेको छ । आर्थिक बर्ष २०७६÷०७७ मा ५ दशमलव ३४ मेटिक्टन प्रति हेक्टर क्षेत्रफलमा स्याउन उत्पादन हुने गरेकोमा २०७७÷०७८ मा ३ दशमलव ४६ मेटिक्टन प्रति हेक्टरमा उत्पादकत्व झरेको कृर्षि विकास निर्देशनालयका सुचना अधिकारी तेजबहादुर खनालले बताए ।

पछिल्लो समय स्थानीय सरकार संगै प्रदेश सरकारले स्याउन खेती प्रवद्र्धनको लागि विभिन्न कार्यक्रमहरु ल्याएका छन् । जस कारणले पनि किसानहरु स्याउ खेतीमा आक्रर्षण भए पनि जलवायु परिवर्तनका कारण स्याउको उत्पादन घट्दा चिन्तित छन् । कर्णालीको स्याउ उत्पादनको ब्राण्ड मानिने जुम्लामा जलवायु परिवर्तनको असरले स्याउ उत्पादमा गिरावट हुँदै गएको खनालले बताए ।

यता कर्णाली प्रदेश सरकारले प्रदेशका १० वटै जिल्लामा रहेका कृषि विकास कार्यालयहरु मार्फत स्याउ बाली पकेट क्षेत्र कार्र्यक्रम, ब्लग विकास कार्यक्रम, फलफुल प्रवद्र्धन, स्याउ जोन कार्यक्रम जस्ता थुप्रै कार्यक्रमहरु अघि सारेपनि बढ्दो जलवायु परिवर्तनका कारण उत्पादन घट्दै गएको निर्देशनालयले बताएको छ ।

स्याउ नफल्दा किसान चिन्तित

मुगुको छायाँनाथ रारा नगरपालिका–४ का धर्मराज रावलको स्याउ बारीमा राम्रो संग स्याउ नफलेको चार बर्ष भएको छ । २०६० साल देखि व्यवसायीक रुपमा स्याउ खेती गर्दै आएका रावलले लगाएका स्याउमा बोटमै किरा लाग्ने, साना हरिया दाना फल्ने, फुल मात्रै फुल्ने जस्ता समस्याहरु देखिएका छन् । स्याउ उत्पादनमा रात दिन लागिपरे पनि पछिल्लो समय फल्ने स्याउनले निराश बनाएको उनी बताउँछन् ।

रावल जस्तै सोहि ठाउँमा गणेश विकको बारीमा पनि पछिल्लो २, ४ बर्ष यता रामूो संग स्याउ फलेको छैन । २०, २२ बर्ष देखि निरन्तर कृषि पेशामा लागेका विकले पहिला पहिला स्याउ फल्दा यातायातको सुविधा नभएको अहिले यातायातको सुविधा आउँदा स्याउ फल्ने छाडेको दुखेसो पोखे । मुगुमा मात्र हैन पछिल्लो समय डोल्पामा पनि पछिल्लो समय स्याउ उत्पादन घट्दै गएको छ ।

एकातिर स्याउ उत्पादन घट्दै गएको छ भने अर्को तिर यातायातको राम्रो सुविधा नहुँदा स्याउ बारीमै कुहिने अवस्था आएको किसानहरु बताउँछन् ।

सम्बन्धित समाचार