२०७९, ८ जेष्ठ आईतवार

औषधी व्यवसायी संघ कर्णाली प्रदेशको अध्यक्षमा भण्डारी

सुर्खेत । नेपाल औषधी व्यवसायी संघ कर्णाली प्रदेशको अध्यक्षमा प्रेम भण्डारी चयन भएका छन् । संघको शनिबार वीरेन्द्रनगरमा सम्पन्न प्रथम अधिवेशनले भण्डारीलाई सर्वसम्मत रुपमा प्रदेश अध्यक्षमा निर्वाचित गरेको हो । संघको थोकतर्फको उपाध्यक्षमा पूर्ण बुढथापा, खुद्रातर्फका उपाध्यक्षमा पदम केसी, प्रदेश महासचिवमा दानबहादुर रोकाय, कोषाध्यक्षमा गोमाकुमारी नेपाली, सहसचिवमा रविद्र थापा र उपकोषाध्यक्षमा सरिता रोकाय निर्वाचित भएका छन् ।

यस्तै सस्यहरुमा पूर्णप्रकाश बराल, डिल्लीराम सापकोटा, किरणप्रसाद चौलागाई, धर्मदत्त हमाल, लछिराम महत, पृथ्वीनाथ बस्नेत, रामबहादुर बस्नेत, ज्वारीलाल भट्टराई र इन्द्र केसी निर्वाचित भएको निर्वाचन कमिटीका संयोजक दुर्गा सापकोटाले जानकारी दिए । अधिवेशन कर्णाली प्रदेशसहित देशभरका औषधि व्यवसायीहरुको सहभागी थिए ।

अधिवेशनलाई सम्बोधन गर्न वीरेन्द्रनगर आएका आषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष मृगेन्द्र मेहर क्षेष्ठले कोरोना भाइरस (कोभिड–१९) को महामारीको समयमा पनि बजारमा एकरुपताका साथ औषधी वितरण गर्न व्यवसायीहरु सक्रिय रुपमा लागेको बताए । ‘औषधि व्यवसायीका पनि आफ्नै समस्याहरु छन्, बाध्यता छन्’ उनले भने, ‘त्यसलाई निराकण गर्दै अघि बढ्नमा हामी प्रतिवद्ध छौँ ।

कर्णाली सहिद दशैभरबाट सक्रिय रुपमा हामी व्यवसायीहरु लागिपरेका छौँ ।’ नयाँ नेतृत्वले कर्णालीको स्वास्थ्य क्षेत्र, औषधि वितरण कार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।