२०८१, २१ बैशाख शुक्रबार

डेढ महिना देखि सम्पर्क बिहिन, खोजी कार्यको लागि परिवारको अपिल

गएको असार २९ गतेबाट सम्पर्क बिहिन भएका इन्द्रबहादुर सार्की ।
तस्बिरः हाम्रो नयाँ नेपाल दैनिक ।

सुर्खेत । वीरेन्द्रनगर—४ का ४० बर्षीया इन्द्रबहादुर सार्की असार २९ गते बौद्ध ग्रामिण बहुदेश्यि सहकारी संस्थामा जान्छु भन्दै बिहान ११ बजे घरबाट निश्किए । ११ बजे निश्किएका सार्कीले दिउँसो एक बजे श्रीमतीलाई फोन गरेर सहकारीमै भएको जानकारी दिए ।

वीरेन्द्रनगर बजार क्षेत्रमा पानीको ओसार पसार गर्दै आएका सार्की सवा एक बजे पछि भने पानी भर्न लागेको जानकारी गराए । त्यसपछि उनकी श्रीमती शुसिला सार्कीले थूप्रै पटक सम्पर्क गर्न खोजे पनि उनको सम्पर्क हुन सकेन् ।

श्रीमान घर फर्कीने आसमा २९ गते रात बिताएकी श्रीमती सुसिला ३० बिहानै श्रीमानका साथीको घरमा गइन् तर उनी त्यहाँ नभएको जानकारी पाइन् । त्यस पछि उनी खोजी कार्याको लागि जिल्ला प्रहरी कार्यालयमा असार ३० गते निवेदश दिइन् । आज भदौँ ७ गते पुग्दा पनि उनको श्रीमानको कुनै अत्तोपत्तो छैन ।

उनको परीवारमा श्रीमान, श्रीमती सहित तिन छोरी र एक छोरा छन् । इन्द्र्रबहादुर परीवारबाट सम्पर्क बिहिन हुँदा उनको परीवार विगत एक महिना भन्दा बढि सयम देखि पीडामा छ । सुसिलाको परीवारले इन्द्रबहादुरको खोजी कार्याको लागि अपिल गरेको छ ।

‘एक बजेर २० मिनेट जाँदा फोन लागेको थियो त्यस बेला पानी भर्दै छु भन्नै हुनुहुन्थ्यो त्यस यता उहाँको कुनै सम्पर्क छैन,’ उनकी श्रीमती सुसिलाले भनिन्, ‘त्यस यता कुनै सम्पर्कमा आउनु भएको छैन । हामीले सबै ठाउँमा सम्पर्कको लागि पहल गरौँ तर उहाँको कुनै अत्त्तोपत्तो लाग्न सकेको छैन् ।’

सार्कीको घरमा विभिन्न समयमा गरेर थुप्रै ऋण लागेको र सोहि ऋणकै तनावमा सार्की वेपत्ता हुन सक्ने अनुमान समेत गरीएको छ । घटनाबारे प्रहरी संग बुझ्दा चिन्ता नलिनुस् सबै ठिक हुन्छ भन्दै प्रहरीले सान्तोना दिने गरेको सुसिलाले बताइन् ।

‘कमसेकम एक कल गरेर यहाँ छु भनेको भए पनि हामी शान्त हुने थियौँ,’ शुसिलाले भनिन, ‘२३ बर्ष भयो विवाह भएको एक पटक छोडेर कही नभएको मान्छे एकाएक सम्पर्क बिहिन हुनु भएको छ । अहिले कहाँ हुनुहुन्छ होला । यहि ऋणको कारणले सम्पर्क बिहिन हुनु भएको हो भने पनि आउनुस घर, जग्गा बेचेरै भए पनि तिरौँला ।’ इन्द्रबहादुरलाई भेटाउनेले उनकी श्रीमती सुसिलाको सम्पर्क नम्बर ९८४८१२६९७० मा सम्पर्क गर्न परीवारले आग्रह गरेको छ ।