२०८१, ८ बैशाख शनिबार

माओवादी केन्द्र वीरेन्द्रनगर-१ वडा कमिटिको अध्यक्षमा नेपाली चयन

सुर्खेत । नेकपा माओवादी केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–१ कमिटिको अयक्षमा चन्द्र नेपाली चयन भएका छन् । केन्द्रको शनिबार सम्पन्न वडा भेला तथा प्रशिक्षण कार्यक्रमले उपाध्यक्षमा आशा शाहीलाई चयन गरेको छ । यस्तै सचिवमा जनक खड्का, कोषाध्यक्ष नवराज गौतम, सह–सचिवमा पुस्कर गिरी चयन भएका छन् ।

वडाका विभिन्न टोलबाट २९ सदस्यी वडा कमिटि निर्माण गरिएको छ । कार्यक्रममा माओवादी केन्द्रका नेता एवम् कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सम्बोधन गरेका छन् । यस्तै माओवादी केन्द्र सुर्खेत जिल्ला संयोजक कृष्ण जिसी, सह–संयोजक झकबहादुर मल्ल, जिल्ला कमिटि सदस्य रत्न गाहा, दानसिंह सुनार, राजेन्द्र गिरी, वडा नेता बामु बिसी लागयतका नेताहरुको सहभागिता रहेको थियो ।