२०७८, ९ आश्विन शनिबार

बद्री पंगेनी र पुजा क्षेत्रीको तिज गीत “मेरो मायालुु” (भिडियो सहित)

सुर्खेत । चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी र गायिका पुजा क्षेत्रीको तिज गीत “मेरो मायालुु” बजारमा आएको छ । नारीहरुको पर्व हरितालिका तीजको पावन अवसरमा शुभकामना सहित उक्त गीत बजारमा ल्याइएको छ । बद्री पंगेनीले आवाज दिएका तीज गीतहरु चर्चित छन् ।

बद्री पंगेनी र गायिका पुजा क्षेत्रीले आवाज दिएको उक्त गीतमा लोकप्रिय मोडल शंकर बि.सी., करिश्मा ढकाल र सुजन बाबु क्षेत्रीको अभिनय रहेको छ । म्यूजिक भिडियोलाई निर्देशन भने मोडल शंकर बि.सीले गरेका हुन् । राजेश घिमिरेको छाँयाकन र नबिन घर्ति मगरको सम्पादन रहेका म्यूजिक भिडियो निकै रुचाईएको छ । उक्त गीत “मेरो मायालुु” एक्सिस् इन्टरटेन्मेन्ट युटूव च्यानल मार्फत बजारमा आएको छ ।
भिडियो लिंकः