२०८१, ३१ बैशाख सोमबार

२ सय बढि भेडा, बाख्रा मरे, पीडितलाई राहतको आस

सुर्खेत । जाजरकोटको माथिल्लो भेगमा अत्याधिक बर्षाका कारण २ सय भन्दा बढि भेडा, बाख्रा मरेका छन् । जेठ ३१ गते देखि असार ३ गते सम्म भएको निरन्तर बर्षाका कारण बाढि, पहिरो आउँदा अस्मिता भेडा फार्मका एक सय ६० र डिल्ली बहादुर शाहीको ५० वटा गरी दुई सय १० वटा भेडा कुशे पाटनमा मरेका हुन् । निरन्तरको बर्षाका कारण सात जना बेपत्ता समेत भएका थिए । तर केहि दिन पछि वेपत्ताको सकुसल उद्धार गरिएको थियो ।

दुवै समूहका गरेर झण्डै ३१ लाख ५० हजार भन्दा बढि मुल्य बराबरका भेडा बाख्रा मरेको अस्मिता भेडा फार्मका सञ्चालक नवराज शाहीले बताए । भेडा कुशे गाउँपालिकाको माथिल्लो भेग जुम्ला सिमाता तर्फको पाटमा मरेका थिए । सञ्चालक शाहीले कुशे गाउँपालिकामा क्षेतिपुर्तीको लागि निवेदन दिँदा स्थिानीय सरकारले निरास बनाएको बताए ।

‘स्थानीय सरकारले हामीले केहि गर्न सक्दैनौँ प्रदेश सरकारमा जानुस भनेको छ,’ उनले भने, ‘अहिले मुछुल्का सहित जिल्ला प्रशासनमा आएका छौँ ।

अब प्रशासनको आदेश अनुसार थप प्रक्रियामा लाग्ने छौँ,’ अस्मिता भेडा फार्म दर्ता भएको भए पनि स्थानिय सरकार मौन बसेको उनी बताउँछन् । सञ्चालक शाहीको फार्ममा २ सय भन्दा बढि भेडा भएकोमा हाल ४० भन्दा कम भेडा रहेका छन् । भेडाको मूल्य बराबरको राहत सरकारी क्षेत्रबाट आस गरेको उनले बताए ।

सम्बन्धित समाचार