२०८१, २१ बैशाख शुक्रबार

राप्रपाको विद्यार्थी संगठनद्वारा अपांङ्ग, अशक्तलाई राहत वितरण

सुर्खेत । रास्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले सुर्खेतको विभिन्न क्षेत्रमा रहेका अपाङ्ग तथा अशक्त व्याक्तिहरुलाई राहत वितरण गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को माहामारीका कारण अति प्रभावित ५० जनालाई खाद्यन्न सामाग्री वितरण गरेको हो ।

महामारीकोमा लामो समय सम्म घरमा चुलो बाल्न मुस्किल परेका ५० जना भन्दा बढिलाई राहत वितरण गरिएको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन सुर्खेतका अध्यक्ष रोशन बि.सीले जानकारी दिए ।

शनिबार वीरेन्द्रनगर–१० बुदबुदेमा प्रति व्याक्ति एक, एक बोरा चामल, दुई, दुई केजी दाल, एक, एक प्याकेट नुन र तले वितरण गरिएको राहत संकलन समितिका संयोजक तथा विद्यार्थी संगठनका सचिव अर्जुन बि.सिले जानकारी दिए । राहत वितरण कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य कबिराम पुरी, जिल्ला उपाध्यक्ष ईश्वर श्रेष्ठको समेत सहभागिता रहेको थियो ।