२०७८, २७ आश्विन बुधबार

विपद व्यवस्थापनमा जुट्न मुख्यमन्त्री शाहीको निर्देशन

सुर्खेत । देशभर मनसुन भित्रिए सँगै अत्याधिक बर्षाका कारण हुने विपद व्यवस्थापनमा जुट्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रदेशका सम्पूर्ण तहलाई निर्देशन दिएका छन् । बस्तीहरु खोलाको किनार, बगर र पहाडी इलाकाहरुमा गहिरो ठाउँमा भएको भन्दै मुख्यमन्त्री शाहीले ती बस्तीका नागरिकहरुलाई मनुसुन नसकिने बेला सम्म सुरक्षित ठाउँमा बस्न आग्रह समेत गरेका छन् ।

‘नेपालको पूर्वी भागमा ठुलो क्षेति भैसक्यो कर्णाली पनि उच्च जोखिममा छ,’ ‘मुख्यमन्त्री शाहीले भने, ‘सरकारले गरेको आग्रहलाई कसैले अटेर गरेमा प्रशासनलाई भनेर भए पनि सुरक्षित ठाउँमा ल्याउने तयारी सरकारले गरेको छ,।’

जोखिबाट हुने क्षति कम गर्नको लागि वडा स्थरमा स्वयम सेवक गठन गरी उनिहरुलाई तालिन प्राप्त गर्न नेपाल प्रहरीले जिम्मा लिने र उद्धारको लागि सबै तयारी अबस्थथामा रहन निर्देशन मुख्यमन्त्री शाहीले निर्देशन दिए । कर्णालीका सबै जिल्लामा जोखिममा परेका नागरिहरुको लागि उपचारको प्रवन्ध मिलाउने र घटना स्थलमा स्वास्थ्यकर्मी तत्काल पुग्ने गरी व्यवस्था मिलाउन समेत निर्देशन दिएका छन् । अत्यावश्यक सामान खरिद गर्नको लागि विपद कोषमा तत्काल १० करोड रुपैँया निकाशा पठाउने र सडक अवरुद्ध हुने अबस्थालाई ख्याल गर्दै निश्चित क्षेत्रमा डोजर तयारी अबस्थामा तयारी अबस्थामा राख्ने गरी काम गर्न मुख्यमन्त्री शाहीले निर्देशन दिए ।

लगातार बर्षा पछि बाढी पहिरोको जोखिम

लगातारको बर्षाका कारण कर्णाली प्रदेशमा पनि बाढी पहिरोको जोखिम बढेको छ । स–साना खहरे खोलाहरु अत्याधिक मात्रामा रहेको सुर्खेत बाढी पहिरोको उच्च जोखिममा रहेको भन्दै प्रशासनले सतर्कता अपनाउन आग्रह गरको छ । जिल्लामा रहेका सिम्ता खोला, भुप्रा खोला, चिङ्गगाड खोला, खहरे खोला, गोछे खोला, इत्राम खोला, खोर्के खोला, निकास खोला, भेरी तथा कर्णाली नदि आसपासका क्षेत्रहरुमा बढि पहिरोको जोखिम बढेको छ । सुर्खेतमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जोखिमयुक्त स्थानमा बसोबास गर्ने समुदायले सतर्कता अपनाउन तथा कुनै घटना आइपरेमा वडा कार्यालय, गाउँपालिका वा नगरपालिका र सुरक्षा निकायमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

दशैँभर मनसुन सक्रिय भए संगै पछिल्लो केहि दिन यता कर्णाली सहित देशका अधिकांश क्षेत्रमा बर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय कोहोलपुरका अनुसार पछिल्लो २४ घण्टामा सुर्खेतमा ४१ मिलिमिटर वर्षा भएको छ भने कर्णालीका अन्य जिल्लाहरु दैलेखमा २५, जाजरकोटमा १७, हुम्ला विमानस्थलमा ३१ मिलिमिटर बर्षा भएको छ । कर्णाली नदि आसपासका क्षेत्रहरु, दैलेख, अछाम, कालिकोट लगायतका केहि क्षेत्रमा बुधबार राती भारी बर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।