२०७८, २१ मंसिर मंगलवार

आगामि आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम, अधिकांश पुरानै कार्यक्रम दोहोरीए, स्वास्थ्य क्षेत्र प्रथामिकतामा

सुर्खेत । अधिकांश पुरानै नारा, कार्यक्रम दोहारीने गरी कर्णाली प्रदेश सरकारले आगामि आर्थिक बर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । स्वास्थ्य, कृषि उत्पादन, रोजगार जस्ता कुराहरुलाई प्रथामिकतामा राख्दै ल्याएको नीति तथा कार्यक्रममा धेरैजसो पुरानै कार्यक्रमहरु रहेका छन् । शनिबार प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलैनीले प्रस्तुत गरेको ४८ पुष्ट लामो कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई विशेष प्रथामिकतामा राखिएको छ ।
कोभिड–१९ माहामारी न्यूनिकरण, संक्रमितको उपचार, औषधि, आवश्यक आइसोलेसन, भेन्टिलेटर, लगायतका सामाग्रीको सुनिश्चितता गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा पाँच सय शैयाको कोभिड अस्पताल निर्माण गर्ने, सबै कर्णालीबासीलाई आगामि बर्ष भित्र कोरोनाविरुद्धको खोप लगाउने, विदेशबाट आउने नागरिकलाई परिक्षण गर्ने, उच्च पहाडी तथा हिमाली जिल्लाका गम्भिर प्रकृतिका संक्रमितको हवाई मार्फत उद्धार गरिने उल्लेख छ ।

अस्पताल भर्ना भएका कोरोना संक्रमितलाई पोसिलो आहार, मनोपरामर्श, योग, ध्यान गर्न प्रेरित गर्ने, कोभिड नियन्त्रण गर्न संयमसेवक परिचालन गर्ने, स्वास्थ्य संस्थाहरुमा उचित जनशक्तिको थप गर्ने, सबै जिल्लाहरुमा अक्सिजन प्लान्ट सहितको सरुवा रोग अस्पताल स्थापना गर्ने, दिर्घरोगीको उपचारको लागि सहायता कोष स्थापना गरिने जस्ता कुराहरु नीति तथा कार्यक्रममा उल्लेख छन् ।

कर्णाली प्रदेश अस्पताललाई विशेषज्ञ शिक्षण अस्पताल, सम्बन्धित जिल्ला अस्पताललाई विशेषज्ञ सेवा सहितको अस्पतालको रुपमा विकास गरिने, वीरेन्द्रनगरमा जनस्वास्थ्य प्रयोगशाला संगै जिल्ला अस्पतालमा रहेका प्रयोगशालाको सुदिृढिकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै घुम्तिशिबिर मार्फत सबै क्षेत्रमा स्वास्थ्य सेवा पु¥याइने, हरेक स्थानीय तहमा कम्तिमा १५ शैयाको अस्पताल निर्माण गर्न सहयोग गर्ने, स्थानीय तहमा स्वास्थ्य प्रयोगशाला स्थापना गर्न सहयोग गर्ने, टेलिमेडिसिएन सेवालाई व्यवस्थित गर्ने, बहुक्षेत्रिय पोषण कार्यक्रम, स्थानीय तहमा रहेका बर्थिङ सेन्टरलाई व्यवस्थापन गरिने, प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्र सञ्चालन गरिने जस्ता कार्यक्रमहरुलाई प्रथामिकता दिइएको छ ।

रोजगारीको क्षेत्रमा स्वदेशमै रोजगारी बढाउन मुख्यमन्त्री रोजगार कार्यक्रमलाई प्रदेश विशेष कार्यक्रमको रुपमा निरन्तरता दिने, परम्परागत शिपलाई परिमार्जन गरी ‘शिप संगै सहयोग’ कार्यक्रम सञ्चालन गरिने, निर्यात मुलक उद्योगको विकास गरी प्रदेशमा उत्पादन हुने बस्तुको निर्यातलाई बढाईने, रोजगारी बढाउने कार्यक्रमहरु अघि बढाइएको छ । यस्तै एक जिल्ला एक उद्योगग्राम कार्यक्रमलाई निरन्तरता दिइएको छ भने रोजगार संग जोड्न शैक्षिक प्रमाण पत्र र व्यवसाय धितो राखेर ऋण उपलब्ध गराइने जस्ता कार्यक्रम ल्याएको छ ।

कर्णालीको जडिबुटीलाई विकास तथा प्रवद्र्धन गर्न सार्वजनिक नीजि साँझेदारीमा बिषयगत बस्तु विकास केन्द्रको स्थापना गरिने, कोभिड प्रभावित उद्योगको प्रोस्सान गर्न सहुलियत ऋण लगायतका कार्यक्रम लागु गरिने उल्लेख गरिएको छ ।

कृषि तर्फ प्राङगारिक प्रदेशको रुपमा विकास गर्ने नीति अन्तर्गत सडक करिडोर केन्द्रीत कृषि कार्यक्रम, कृर्षि प्राविधिक स्वारोजगार प्रवद्र्धन कार्यक्रम, माटो परिक्षण प्रयोगशाला स्थापना गरिने, बाँझो जमिनलाई विकास तथा उपयोग गरिने, भू—उपोग गुरुयोजना निर्माण गरिने जस्ता कार्यक्रम ल्याएको छ ।

यस्तै वीरेन्द्रनगरमा शित भण्डार स्थापना गरिने, पशुपन्छी जन्य उत्पादनमा आत्मनिर्भर बनाउँदै नियात गर्न विभिन्न कार्यक्रमहरु लागु गरिने, हिमालमा एक सय बढि भेडा पाल्नेलाई गोठ सुधार कार्यक्रम, सन् २०३० सम्म विपिआर, खोरेत, रेविज नियन्त्रण तथा उन्मुलन गर्ने अन्तराष्ट्रिय लक्ष्य अनुसार भ्याक्सिन तथा औषधिको व्यवस्थापन गरिने, कृषि तथा पशु अनुसन्धान केन्द्र स्थापना गरिने लगायतका कार्यक्रम अघि बढाइएको छ ।

यस्तै स्थानीय र सहकारीहरु बिचको समन्वयमा सुपथ मुल्य पसल सञ्चालनमा ल्याउन प्रात्साहन गर्ने, एक स्थानीय तह एक अन्न भकारी नीति, कर्णाली राजमार्ग, मध्यपहाडी लोकमार्ग लक्षित फलफुल खेती विकास गरिने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

शिक्षा तर्फ प्रविधि मैत्री शिक्षण सिकाई नीति अबलम्ब गर्ने, दक्ष जनशक्ति उत्पानका लागि स्वास्थ्य, ईन्जिनियरिङ, कृर्षि, वन, भेटेरेनरी, पर्यटन, सुचना प्रविधि क्षेत्रमा स्नातक अध्ययनका लागि छात्रवृति प्रदान गर्ने, छोरी बुहारी छात्रवृति कार्यक्रमलाई निरन्तरता दिइने, हिमाली जिल्लामा आवाशिय विद्यालय स्थापना गर्ने, एक स्थानीय तह एक नमुना विद्यालय कार्यक्रमलाई निरन्तरता दिइने, एक विद्यालय एक नर्सरी कार्यक्रम सञ्चालन गर्ने जस्ता कार्यक्रमहरु अघि सारिएको छ ।

यस्तै प्रवतिय विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माण गरेर आगामि आर्थिक बर्षमा सञ्चालन ल्याइने, खाना, नाना र छान कार्यक्रमलाई निरन्तरता, मुख्यमन्त्री जिविको पार्जन कार्यक्रम सञ्चालन गरिने, बैंक खाता छोरीको सुरक्षा जिवन भरीको कार्यक्रम, मुख्यमन्त्री दलित, आय आर्जन रोजगारी प्रवद्र्धन कार्यक्रम अघि सारिएको छ ।

खेलकुद तर्फ प्रदेशमा खेलकुद तालिम केन्द्र स्थापना गरिने, दशैँ राष्ट्रिय खेलकुद स्थापना गर्न तिन तह बिच समन्वय गरेर संरचना निर्माणमा तिव्रता दिइने उल्लेख गरिएको छ ।

कला साहित्य तथा पर्यटन तर्फ प्रदेशका एतिहासीक बस्तुलाई प्रदेश अभिलेखालयको स्थापना गरी संरक्षण गर्ने, कर्णाली कला सहित्य प्रतिष्ठान स्थापना गर्ने, विद्यालय तहको स्थानीय पाठ्यक्रममा खस भाषालाई राख्न सहयोग गर्ने, कर्मचारीलाई पर्यटन खर्च सहित १२ दिनको बिदा दिइने, हुम्लाको लिमि र लाप्चाबाट मानसरवरको दर्शन गर्ने व्यवस्था मिलाईने उल्लेख गरिएको छ । यस्तै पर्यटन गुरुयोजनाले समेटिएका क्षेत्रहरु, कालिकोटको पिलि, रुकुमको खारा, जाजरकोटको जुनीमा युद्ध संग्राहलय स्थापना गरेर युद्ध पर्यटनको विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । कर्णाली जडिबुटी प्रस्सोधन कम्पनी स्थापना गर्न आवश्यक पक्रिया अघि बढाउने, जलाधार संरक्षण गुरुयोजना सञ्चालन गरिने, जलस्रोत गुरुयोजना तयार गरी बहुउद्देश्यि उयोग नीति लिइने उल्लेख गरिएको छ ।

यस्तै २० मेघावट सम्मका जलविद्युत योजनाको अध्ययन गरी आयोजना बैंकमा समावेश गर्ने, प्रदेश मातहतमा रहेका जलविद्युत आयोजना प्रदेश सरकारले अघि बढाउने, राष्ट्रिय प्रशारण लाईन नजोडिएका जिल्लामा कर्णाली उज्यालो कार्यक्रम माफर्त बैकल्पिक उर्जाको व्यवस्था गर्ने नीति अघि सारिएको छ ।

यस्तै सडक तथा यातायात गुरुयोजना निर्माण गर्ने, सुर्खेत हिल्सा सडकको विकास गर्न नेपाल सरकार संग समन्वय गर्ने, वीरेन्द्रनगरमा साईकल लेन निर्माण गर्ने, सुर्खेत वीमानस्थल निर्माण गर्न समन्वय गर्ने, वीरेन्द्रनगर उपत्यकामा खानेपानीको समस्या समाधान गर्न भेरी लिप्ट खानेपानी आयोजना अघि बढाउन पहल गर्ने नीति लिइएको छ ।

यस्तै जोखिमका बस्तीलाई सुरक्षित ठाउँमा सारी एकिकृत बस्ती विकास गर्न जनता आवास कार्यक्रमलाई निरन्तरता दिइने, हाम्मा कुडा हाम्म मुख्यमन्त्री कार्यक्रमलाई थप व्यवस्थित गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।