२०७८, २१ मंसिर मंगलवार

बजेट वितरणमा चरम विभेद भएको आरोप, कर्णालीको विकास र समृद्धि केन्द्रीत बजेट आउँछ –अर्थ मन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले कर्णाली प्रदेशको विकास र समृद्धिलाई केन्द्रीत गर्दै बजेट ल्याउने बताएका छन् । शुक्रबार संसद बैठकमा आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रमको आर्थिक विनियोजन विधेयक माथि उठेका प्रश्नको जभाव दिँदै नेता शर्माले कर्णालीका थुप्रै चुनौतीहरुलाई चिर्दै विकास र समृद्धिको मार्गमा अघि बढाउने तर्फ केन्द्रीत भएको समेत बताए ।

‘चालु आर्थिक बर्षको बजेट कार्यान्यनमा थुप्रै चुनौतिहरु आएका छन्,’ शर्माले भने, ‘कोरोनाको माहामारी संग जुध्दै अघि बढ्नुपर्ने अवस्था छ । आगामि आर्थिक बर्षमा पनि यस्ता थुप्रै चुनैतिहरु आउने छन् । चुनौतिहरु संग जुध्दै अघि बढ्नुपर्ने अवस्था छ ।’ कोरोना माहामारीको अवस्थामा कार्यरत कर्मचारी, राजनीतिक दलका नेताहरु बिरामी पर्ने ज्यान समेत जाने अवस्थामा पनि बजेट कार्यान्यनको अवस्थालाई दिएर सन्तोष हुनुपर्ने समेत उनको भनाई छ ।

‘हामी बजेट कार्यायन्यनमा केन्द्रीत हुनेछौँ,’ मन्त्री शर्माले थपे, ‘हाम्रो अगाडि थुप्रै चुनौतिहरु छन् । त्यसमा सबैको सहयोग हुनेछ ।’ अलिहेको अवस्थामा कोरोनालाई नियन्त्रण गर्नु नै कर्णालीको पहिलो प्रथामिकता भएको भन्दै शर्माले प्रदेशका गरिबी, रोजगारी जस्ता कुराहरुलाई पनि बजेटमा प्रथामिकताका साथ राख्ने बताए ।

छलफलमा बजेट वितरणमा चरम विभेद भएको एमाले सांसद पदमबहादुर रोकायले आरोप लगाए । ‘बजेट आउन केहि समय मात्रै बाँकी छ अहिले सम्म सांसदहरु संग योजना मागिएको छैन,’ उलने भने, ‘तर गाउँ गाउँमा आफ्ना नेता कार्यकर्ताहरुबाट एक महिना अगाडी नै योजना माग गरिएको छ । देखावटी नाराहरु राम्रा भए पनि वितरणमा चरम विभेद भएको छ ।’ साथै उनले राउटे समूदायको लागि एकिकृत बस्ती विकास गरेर जानुपर्ने बताए ।

यस्तै एमाले सांसद खड्गबहादुर खत्रीले प्रदेश सरकारले नीति विपरित काम गरेको आरोप लगाए । ‘हिजो ६० लाख बजेट छुट्याएको योजनामा आज ६ लाख भएर जाने गरेको छ,’ उनले भने, ‘दिन प्रतिदिन रकमान्तर भइरहेको छ । हिजोका योजनाहरुमा चरम बेथितिका कुराहरु सार्वजनिक लेखा समितिले सार्वजनिक गरिरहेको छ । तर प्रदेश सरकारले त्यसको कुनै जभाव दिँदैन ।’ प्रदेश सरकार आफैले बनाएको नीतिमा अघि बढ्न नसकेको उनको आरोप छ ।
यस्तै बैठकमा माओवादी सांसद ठम्मरबहादुर बिष्टले सरकारका नीति तथा कार्यक्रमहरु महत्पूर्ण भए पनि कार्यान्यनको पाटो प्रभावकारी नभएको बताए । प्रदेश सरकारलाई केन्द्र सरकारले हस्तक्षेप गरिरहेको भन्दै बिष्टले प्रदेश सरकारले पनि आफ्नो नीति तथा कार्यक्रममा अडिक रहेर अघि बढ्नुपर्नेमा जोड दिए । प्रदेशसभाको बैठक जेठ २९ गते सम्मको लागि स्थगित गरिएको छ ।