२०७८, ३१ जेष्ठ सोमबार

नियमित रुपमा विद्युतको अपूर्ती गर्न ध्यानाकर्षण

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले नियमित रुपमा विद्युत आपूर्ती गर्न विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले यसरी नै विद्युत समस्या बल्झिरहेको अवस्थामा विद्युतको महशुल नतिर्ने, विद्युतको कार्यालय घेराउ गर्ने धर्ना दिने सम्मको चेतावनी दिएको छ ।

‘प्रादेशिक राजधानीजस्तो ठाउँमा दिनहुँजसो विद्युत अनियमित भइरहनु, र दिन बिराएर घण्टौँसम्म पनि विद्युत आपूर्ति नै ठप्प भइरहनुले प्रदेश प्रमुख देखि मुख्यमन्त्री, मन्त्री, सांसद समेत बस्दै आएको राजधानीको दुरावस्था उदांगो मात्र पारेको छैन । विद्युत प्राधिकरण सुर्खेतको प्राविधिक असक्षमता र लापरवाहीको पराकाष्ठा समेत पार गरेको हाम्रो ठम्याई छ ।’

संघका अध्यक्ष धनबहादुर रावत र महासचिव लक्ष्मण कंडेलले जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘पटके रुपमा आउने जाने बत्तिका कारण घरायसी तथा उद्योग कारखानाका मेसिनमा अनावश्यक गडबडी उत्पन्न भई थप आर्थिक व्ययभार खेप्नुपर्ने समस्या एकातिर छ भने कोरोना संक्रमित रहेका अस्पताल, स्वास्थ्य संस्थाहरुमा रहेका अक्सिजन उत्सार्जनमा झनै समस्या हुने गरेको व्यापक गुनासो पनि रहेको छ ।’

देशभरीमा सबैभन्दा बढि विद्युत आपूर्ति अनियमित र ठप्प हुने जिल्ला सुर्खेत रहेको भन्दै संघले विद्युतको दीर्घकालीन योजना बनाएर तुरुन्त कार्यान्वयनमा जाने बिषयमा प्रदेश सरकारलाई आग्रह गरेको छ ।

Press Release

सम्बन्धित समाचार