२०८१, १२ बैशाख बुधबार

अवैध सुर्तीजन्य पदार्थ बरामद

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ठूलो परिणाममा अवैध सुर्तीजन्य पदार्थ बरामद गरेको छ । नेपालगञ्जदेखी सुर्खेत आउदै गरेको ना४ख ७६५३ नम्वरको ट्रकलाई सुब्वाकुना प्रहरी पोष्टमा प्रहरीले नियन्त्रणमा लिई खोजतलास गर्दा ठुलो मात्रामा राजश्व छलीका सुर्ती जन्य पर्दाथ फेला परेको हो ।

गोल्डेन काली नामको सुर्ती प्रहरीले ५४ बोरामा २६ सय प्याकेट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । न्यू पश्चिमाञ्चल ट्रेडर्स कपिलवस्तुको भ्याट नम्वर ३०५३०४७६४ बाट महादेव स्टोर सुर्खेतको भ्याट नम्वर ३०५६५३२५७ मा भ्याट सहित १३ लाख ६६ हजार १ सय ७० रुपैँयाको बिल बनाएर पठाएको पाईएको छ ।