२०८१, ७ बैशाख शुक्रबार

कर्णालीमा थप २७० जनामा कोरोना पुष्टी

सुर्खेत । कर्णालीमा थप २ सय ७० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टी भएको छ । प्रदेशका विभिन्न प्रयोगशालाहरुमा आरटी पिसिआर विधिबाट गरिएको परिक्षणमा १ सय ८६ जना र ¥यापिड एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ८४ जनामा संक्रमण पुष्टी भएको हो ।

नयाँ संक्रमितहरु सुर्खेतका १ सय ५६ जना, दैलेखका ५८, जुम्लामा १०, सल्यानमा ७, रुकुम पश्चिममा १३ र कालिकोटमा २६ जनामा संक्रमण पुष्टी भएको हो । हाल सम्म आरटी पिसिआर र एन्टिजेन विधिबाट कुल संक्रमितको संख्या १० हजार ५ सय ५७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६८ जना संक्रमित उपचार पछि निको भएका छन् ।

यो संगै कुल संक्रमित मध्ये ७ हजार ६ सय ९० जना उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप चार जना संक्रमितको मृत्यु भएको छ । यो संगै कुल संक्रमित मध्ये मृतकको संख्या ६३ पुगेको छ । हाल २ हजार ४ सय ५ जना सक्रिय संक्रमित रहेका छन् ।