२०८१, ४ बैशाख मंगलवार

निषेधाज्ञा उलंघन गर्ने ४२ जना पक्राउ

सुर्खेत । निषेधाज्ञाको उलंघन गर्ने ४२ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेर जिल्ला प्रशासन कार्यालयमा आवश्यक कारवाहीको लागि पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीका अनुसार निषेधाज्ञाको पहिलो दिन २२ जना, दोस्रो दिन २ जना र तेस्रो दिन दिउसो १ बजे सम्म १८ जना गरी ४२ जना पक्राउ परेका छन् । उनीहरुलाई प्रशासनले कारवाही गर्ने उनको भनाई छ । कोभिड संक्रमण बढ्दै गए पछि सुर्खेतमा बैशाख १५ गतेबाट २१ गते राती १२ बजे सम्म निषेधाज्ञा जारी गरिएको छ ।