२०७८, ३१ जेष्ठ सोमबार

दैलेखमा कोरोना संक्रमित गर्भवतीको मृत्यु

सुर्खेत । दैलेखमा एक गर्भवती महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । मृत्यु हुनेमा नारायण नगरपालिका–६ की २७ वर्षीया महिला रहेकी छन् । डिलिभरीको लागि आएकी महिलाको जिल्ला अस्पतालमा मृत्यु भएको थियो । मृत्यु पछि ¥यापिड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टी भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थिरप्रसाद रेग्मीले बताए ।

‘खोकी, निमोनिय जस्ता समस्या सहित अस्पतालमा भर्ना भएकी महिलाको मृत्यु पछि कोरोना पुष्टी भएको छ,’ उनले भने, ‘मृत्यु भए पछि कोभिड आसंकामा एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ ।’ यो संगै दैलेखमा कोभिड संक्रमण पुष्टी भएका मध्ये ८ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार