छोरी हुँदा गर्भमै फाल्नेलाई मेरो एउटा प्रश्न ??
मुक्तक
1.ताराको अभाब कसैगरेनी , जुनले मेट्दैन,
बाँसुरीको अभाब मादलुको, धुनले मेट्दैन ।
हर चिजको महत्व, उतीकै छ बुझीराख,
बहुमुल्य भएनी नुनको अभाब, सुनले मेट्दैन । ।
2. अचेल खाने बेलामा के सोच्दै होलान,
बसेर सधै अध्यारामा के सोच्दै होलान ?
बर्सौ देखि म घर नफर्किएका कारण,
साच्चै मेरा बा आमा के सोच्दै होलान ??
3.दिलको पिडा लुकाउन कति मुस्किल छ,
टुटेर फेरि मुस्कुराउन कति मुस्किल छ ।
कसैको साथमा धेरै टाढा गएर त हेर,
एक्लै फर्केर आउन कति मुस्किल छ ॥
4. पाइॅने हैनन् जोतेर बारी कहॉबाट ल्याउछौ,
सीता जस्तै सब्भ्य नारी कहॉबाट ल्याउछौ ।
छोरी हुदा गर्भमै फाल्नेलाई मेरो एउटा प्रश्न,
भन्नुहोस तिमिले बुहारी कहॉबाट ल्याउछौ । ।
5. कोइ आउँछ अनि जान्छ रमिता देखाउछ,
समयले पनि कस्ता कस्ता मान्छे भेटाउछ ।
म बारम्बार तिमिलाइ एउटै प्रश्न गरिरहे,
भनन कसैको मन दुखाउनेले के पाउछ । ।
गजल
1.खुले पछी रमाएँ…
पिरतीको मूल बाटो खुले पछी रमाएँ थें,
खुशी बोक्ने तन मन घुले पछी रमाएँ थे।।
चारै तिर ऋतु जस्तै बदलिंदै हिंडे पनि,
आँगनीका मखमली फूले पछी रमाएँ थें।।
बसन्त झैँ रुप फेरी अल्मलिंदै कैले कहीं।
फूल माथी भमरा त्यो डुले पछी रमाएँ थें।।
पवनको झोका बनी सल्लेरीमा सुसाउँदै।
मिलनको संसार मै, भुले पछी रमाएँ थें ।।
आधी रात मात बनी , छुँदा कैले बदनमा।
जवानीको नशा भित्र झुले पछी रमाएँ थें ।।
2.जिउनुको मज्जा पाँए..
जिउनुको मज्जा पाँए , तिम्रो कारण,
मस्ति नै मस्तिमा आँए, तिम्रो कारण । ।
रङ्गिन हुँदैछ, आज मेरो जीवन,
उषाको किरण छाए, तिम्रो कारण । ।
मलाई चुट्ने त्यो, भन्छु अतितलाई,
आज म कत्ति, रमाँए तिम्रो कारण । ।
आयौ र त तिमि अनि, मैले कसम,
सँगै मर्ने बाँच्ने खाए, तिम्रो कारण । ।
यो यात्रा रहोस, सँधै यसैगरि नै,
तिमि सँग प्रीति लाँए, तिम्रो कारण । ।
3. नक्कली डाक्टर..
आउ नक्कली बिरामी बनी नक्कली डाक्टर यहि छ्न ।
कसैको महल कसैको घाम पानी नओत्ने घर यहि छ्न ।।
लोग्ने नक्कली स्वास्नी नक्कली यहाँ बच्चाहरु पनि अब,
नक्कली जन्मलान कि भन्ने त्रास अनि डर यहीँ छ्न ।
कुन सक्कली कुन नक्कली खुट्याउनै गाह्रो भै सक्यो यहाँ
घरनीति देखि राजनीतिसम्म चोर फटाहा अक्सर यहीँ छ्न ।।
सक्कली एउटा छ सगरमाथा र बुद्ध जन्मिएको भुमी छ
स्वार्थ अनि सानो मन भएका ठुला ठुला शहर यहीँ छ्न ।।
सबै नक्कली अनि देखावटी पाराको माया पनि त्यस्तै,
चोखो मायाको खोजी नगर्दा हुन्छ जाली अधर यहीँ छन । ।
4. निन्द्रा छैन रातमा अच्रेल
आजकल त किन हो खै, निन्द्रा छैन रातमा अचेल।
सराबमा चलेको छु, शक्ति छैन भातमा अचेल।।
लोभिएर फसेछु म त्यो, तिम्रो चक्रबिउमा।
पहिलेजस्तो निसन्देह सत्य छैन बातमा अचेल ।।
मुटुको धडकन अनि मनमा पनि हुन्छु भन्थेउ।
हिडेकि छेउरे अर्कै सङग, मत छैन साथमा अचेल।।
अनयासै आजभोली डुल्दोरैछु गल्लि गल्ली ।
सुनेकोछु तिम्रो अहिले ,भुइँ छैन लातमा अचेल। ।