२०८१, २१ बैशाख शुक्रबार

सम्पादकीय: राजनीतिको छायाँमा विकास !!

नेपाल कम्यूनिष्ट पार्टी एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि कर्णाली प्रदेशको राजनीति उत्कर्षमा पुगेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही पक्ष यति खेर सक्ता जोगाउन लागिपरेको छ भने एमालेको ओली पक्ष सरकार ढाल्ने लागि परेको छ । एमालेको ओली पक्षले सरकारको समर्थन फिर्ता लिएको बताए पनि माधव नेपाल पक्षले सरकारको समर्थन फिर्ता नलिएको बताएको छ । जस कारण प्रदेश सरकार तत्काल ढल्ने कुनै संकेत छैन ।

कर्णालीको राजनीतिक बेला बेलामा उत्कर्षमा आउने गरेको छ । यस अघि पनि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई गएको असोजमा अविश्वासको पत्र पेश गरिएको थियो । त्यस यताबाट कर्णालीको राजनीति चर्चामा नै छ यसरी ओली पक्ष सरकार ढाल्न लागिपरेको छ भने सरकार पक्ष जोगाउन लागिपरेका छन् ।

प्रदेश सरकार निर्माण भएको तीन बर्ष बित्दा यस्ता थुप्रै राजनीतिक खेलहरु भए, पछि विकास निर्माणको खेल हुन सकेको छैन । तिन बर्षको अवधिमा विकास निर्माणका थुप्रै कामहरु अघि बढाएको बताए पछि जनताले त्यसमा अनुभूति गर्न पाएका छैनन् । प्रदेश सरकारको तीन आर्थिक बर्षको बजेट कार्यान्यनको अवस्था नै निराशजनक छ । यसरी बेला बेलामा हुने राजनीतिक मावलले कर्णाली प्रदेश चर्चामा त आउने गरेको छ तर विकास निर्माणका हिसाबले कर्णाली पुछारमा ।

५१ प्रतिशत भन्दा बढि बहुआयामिक गरिबी भएको कर्णालीमा विकासको मावलले कहिल्यै पनि चर्चा परिचर्चा पाउन सकेन । यहाँका विकट क्षेत्रहरुले विकास पाउन सकेनन् । राजनीतिक इतिहाँस हेर्दा कुनै न कुनै रुपमा कर्णाली चर्चामा नै छ । यसरी राजनीतिक चर्चा कमाएको कर्णालीको वास्तविक परिचय विकट, भोगमरी भएको, अत्यन्तै पिछडिएको प्रदेश हो । यो परिचय बताउन यी नै राजनीतिक खेलाडीहरुको मुख्य हात छ । अझै पछि सक्ताकै पछि लागेका नेताहरुका कारणले गर्दा कर्णाली पछि पर्ने देखिन्छ ।

सम्बन्धित समाचार