२०८१, ६ जेष्ठ आईतवार

पूर्व माओवादी लडाकू ‘माहान’ भन्छन, बिचारमा बिचलन आउँदा अवस्था बदलिएन

सुर्खेत । दैलेखको नौमुले गाउँपालिका–६ (साविकको सल्लेरी गाविस)का अर्जुनकुमार कटुवाल (माहान) एक पूर्व माओवादी लडाकू हुन् । विद्यालय पढ्दै गर्दा २०५६ फागुन २० गते हाल नौमुले गाउँपालिका–६ मा पर्ने भैरव मावि विद्यालयबाट जनयुद्धमा सामेल भएका थिए । साथै देखि राजनीतिक तिव्र इच्छा चाहाना युद्धमा जानुपूर्व भैरव माविमा अनेरास्ववियु छैटौँको विद्यालय ईकाई अध्यक्ष थिए । १५ बर्षका उनी सहित विद्यालयबाट २० जना एकैपटक भूमिगत भए । देशमा आमुल परिवर्तनहरु शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्छ, जनताका समस्याहरु समाधान गरेर नयाँ नेपालको परिकल्पना सहित उनी भूमिगत भएका थिए । २०५१ साल फागुन १ गते आजकै दिनबाट नेपालमा माओवादी शक्तिले जनयुद्धको घोषणा गरेको थिए । त्यो आज सुरु भएको २६ बर्ष भएको छ ।

दैलेखकै नौमुलेमा २०५७ चैत्र २४ गते प्रहरी चौकीमा माओवादीले आक्रमण गर्दा उनी पहिलो पटक सहभागि भएका थिए । जसमा प्रहरीको तर्फबाट ३३ जना र जनमुक्ती सेनाको तर्फबाट ४ जनाको मृत्यु भएको थियो । यसरी जनयुद्धमा होमिएका कटुवालले यस्ता दर्जनौँ हमलामा सहभागि भए । बर्दियाको रम्मापुर भिडन्तमा उनीको दाईने खुट्टामा गोली लागेको थियो । यस्तै अर्घाखाँचीको सन्दीखर्कमा जिल्ला सदरमुकाम कब्जा गर्ने क्रममा टाउको आँखामा गम्भिर चोड लागेर उनी घाइते भएको बताए । रुकुम पूर्वको खाराको भिडन्तमा खुट्टामा गोली र ढाडमा चोट लागेको उनले सुनाए । ती बाहेक अन्य थुपै्र भिडन्तमा सहभागि भएका कटुवाल संगै गएका २० जना मध्ये १८ जना सहिद भएको बताए ।

अपेक्षा अनुसार काम नहुँदा निराशा
‘भूमिगत हुँदाको सात बर्ष निकै पिडादायी र कष्टकर बन्यो,’ उनले भने, ‘धेरै दुखहरु झेलियो । पछि शान्ति सम्झौता भए पछि जुन परिवर्तनका लागि रगत पसिना बगायौँ अब ति पुरा हुने भन्दै हामी उत्साहित थियौँ । तर परिस्थति त्यो बनेन, पूर्व माओवादी नै आफैमा एक हुन सकेन । बिस्तारै हाम्रा मुल एजेण्डाहरु नै ओझेलमा पर्न थाले । त्यसले विस्तारै निराशापन छाएको छ ।’

‘जनयुद्धको समयमा हामी सबैको सोच बिचार एउटै थियो । एउटा कुरामा सबैको समर्थन हुन्थ्यो । त्यसैले जनयुद्ध सफल भयो,’ उनले थपे, ‘तर जनयुद्ध राम्रो संग समापन हुँन नपाउँदै पूर्व माओवादीबाट कमाण्डरहरु नै छुट्टीन थाले । नेताहरुमा विभिन्न फरक फरक बिचाहरुको सृजना भयो ।’ आफुमा धेरै त्रान्तिकारी पन देखाएर बाबुराम भट्टराई, नेत्रविक्रम चन्द ‘विप्लव’, मैन वैद्ध किरण जस्ता कामाण्डरहरु छुट्टीएको उनको बुझाई छ ।

अब युद्धबाट छात्रै परिवर्तन हुँदैन

‘कुनै समय थियो जो हामी क्रान्ति मार्फत देश परिवर्तन गर्नुपर्छ भन्दै हिँडेका थियौँ । मुलुकको व्यवस्था परिवर्तन हुन्छ, सबै मानिसहरु शिक्षित हुन्छन्, कसैलाई भेदभाव हुँदैन जस्ता कुराहरुमा आवाज उठाएका थियौँ । त्यसले थुपै्र परिवर्तन पनि भएका छन्,’ उनले भने, ‘तर सबै हामीले सोचेको जस्तो भने हुन सकेन । हिजो समाज परिवर्तनको लागि युद्धमा होमीने कमाण्डरहरु नै आज फरक–फरकबाटो हिँडिराख्नु भएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’को बिचार धारा प्रति म सहमत छु । तर अहिले उहाँले समातेको बाटो गलत छ, समयले नेटो काटिसकेको छ, अब पनि देशले युद्ध थेक्न सक्दैन ।’ बौधिकता बिना खाली युद्धले मात्रै पनि पविरर्तन गर्न नसकिदो रहेछ भन्ने बुझाई भएको भन्दै उनले समाजमा रहेका बौधिक व्यक्तित्वहरु जसले अबको आन्दोलनलाई एउटा नयाँ कार्यदिशातर्फ अघि बढाउनुहुनेछ उहाँहरुको साथ लिएर विप्लवले नयाँ तरिकाले अघि बढ्न आग्रह गरे ।

‘मेरो अपेक्षा के थियो भने नेपालमा रहेका जतिपनि कम्यूनिष्ट पार्टीहरु छन् । ती सबै एकिकृत हुन ती सबै मिलेर सरकार निर्माण गरुन जुन सरकार विकासको एउटा युग बनोस भन्ने थियो,’ उनले थपे, ‘पूर्व माओवादी र पूर्व एमाले एकिकरण हुँदा एक किसिमको उत्साह नै थपिएको थियो ।’ पार्टी एकिकरण भएर नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) हुँदा पार्टी भित्र बिचारहरुको बिचमा एकताको संघर्ष हुदै थियो । संघर्षले नयाँ विचारको विकास गर्दै थियो । तर पार्टी विभाजन भएर त्यसलाई निराशामा बदलेको छ ।’ उनले भने ।

पचुतो र अझै परिवर्तनको अपेक्षा
जनमुक्ती सेनाका सेना बटालिएन कमाण्डर भइसकेका कटुवाल हाल पनि राजनीतिमै छन् । हाल उनी जनक्रान्ति घाईने अपाङ्ग योद्धा संग नेपालका केन्द्रीय सदस्य समेत रहेका छन् । राजनीति क्षेत्र तिव्र इच्छा चाहाना भएका कटुवाल आफु अब राजनीतिमै लाग्ने बताउँछन् । युद्धको समयमा वैज्ञानिक र व्यवहारिक शिक्षा भन्दै हिँड्दै गर्दा हिजो संगै पढेका साथिहरु आज पिएचडि गर्दा उनलाई पछुतो लाग्ने गरेको छ । सेना समायोजन हुँदा घाईते अवस्थामा रहेका कटुवाल तिव्र राजनीति गर्ने इच्छा र घाईते अवस्थाका कारण सेना समायोजनमा जान सकेका थिएनन् । आज उनलाई यी कुरामा पछुतो लाग्ने गरेको छ ।

पार्टीलाई विधि विद्यान अनुसार सक्षम ढंगले अघि बढाउनुपर्नेमा जोड दिँदै कटुवालले असल छवि भएका युवाहरु अबको नेतृत्व दिनुपर्ने बताए । अझै पनि व्यवस्था परिवर्तको हाम्रो युद्ध जारी नै रहेको भन्दै उनले त्यसमा देखिएका कमिकमजोरीलाई सुधार गर्दै नेतृत्वलाई अझै सहि ढंगले अघि बढाउनुपर्ने बताए । नेकपा विभाजन हुँदा प्रचण्ड–माधव पक्षमा लागेका कटुवाल संसद विघटन गरेकोमा ओलीको कडा विरोधमा उत्रिरहेका छन् । संसदिय प्रणालीमा संविधान नै मिचेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मनपरी गरिरहेको उनको आरोप छ ।

ऐन कानुनमा अल्झियो कर्णाली
‘आजका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही जनयुद्ध कालका हाम्रा एक कमाण्डर हुन । आज कर्णाली प्रदेशको मुख्यमन्त्री हुँदा हाम्रा धेरै अपेक्षा छन्,’ उनले भने, ‘हिजो परिवर्तको लागि क्रान्ति गरेका मुख्यमन्त्री त्यसरीनै कर्णालीको विकासको लागि क्रान्ति गर्न चाहानुहुन्छ । तर त्यसमा ऐन कानुन नीति नियमहरु बाधक बन्दै आएको मैले बुझेको छु ।’ अहिलेको झण्झटिलो पक्रियामा परिवर्तन गरेरै भए पनि मुख्यमन्त्री शाहीले आफुले अघि सारेका थुप्रै महत्वपूर्ण योजनाहरु सफल पार्ने उनको विश्वास छ ।

सम्बन्धित समाचार