२०८१, २१ बैशाख शुक्रबार

‘निर्जलादेवी जनक स्मृति पुरस्कार अक्षयकोष’ भैरब मा.वी अवलचिङ्गलाई

सुर्खेत । निर्जलादेवी जनक स्मृति पुरस्कार अक्षयकोष भैरब मा.वी अवलचिङ्गलाई हस्तान्तरण गरिएको छ । चिङ्गाड गापालिका–१ निवासी पिता स्व जनक प्रसाद शर्मा र माता निर्जलावेवीको स्मृतिमा स्थापना गरिएको अक्षयकोषको पुरस्कार चिङ्गाड ५ मा रहेको भैरव मा.वि लाई वितरण गरिएको हो ।

स्व. रामप्रसाद शर्मा को छोरा समेत रहेका स्व जनक प्रसाद शर्माको १३ औ पुन्य तिथिको अवसरमा सोमबार विद्यालयलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ हस्तारन्तरण गरिएको हो ।
कोष भएको रकम स्व. जनक प्रसाद र स्व. निर्जलादेबी शर्माका चार छोराहरु यामप्रसाद शर्मा, प्रशुराम उपाध्याय, डा. गङ्गाप्रसाद शर्मा र गोकर्ण शर्माले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन ।

बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष लोकेन्द्र राना, पुर्ब विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जित बहादुर राना र निमित्त प्रधानाध्यापक जनकराज शर्मालाई हस्तान्तरण गरेको प्रशुराम उपाध्यायले जानकारी दिए । अक्षय कोशको रकमको वार्शिक ब्याजबाट बिद्यालयका बिपन्न,गरिब ,जेहन्दार विद्यार्थी हरुलाइ वर्शिक रूपमा पुरस्कार बितरण गरिएको उनको भनाई छ ।