२०८१, ८ बैशाख शनिबार

समयमै बनेन सडक, पानी पर्दा हिलो, घाम लाग्दा धुलो

लामो समय देखि निर्माणाधिन मंगलगढी लाटिकोईली सडक ।   फोटोः नयाँ नेपाल दैनिक ।

सुर्खेत । वीन्द्रनगर–९ लाटिकोईलीका उपेन्द्र बिष्ट दैनिक काम गर्न बजारका विभिन्न ठाउँमा पुग्छन् । घर छेउमा बन्दै गरेको मंगलगढी लाटिकोईली सडकमा उनले दैनिक ३, ४ पटक तलमाथि गर्नुपर्छ । सोहि क्रममा आइतबार बजारतर्फ आउँदै गर्दा मंगलगढी चोक नजिकै भेटिएका बिष्ट धुलाम्मे देखिन्थ्ये । धुलाम्मे उनी बाटोमा आउँदै गर्दा भएका हुन । ‘दैनिक ३, ४ पटक यो बाटोमा तल माथि गर्नुपर्छ,’ उनले भने, ‘बिगत दुई बर्ष देखि यसरी धुलोमा हिँडिरहेको छु । सडक बन्न लागेको पनि बर्षै भयो तर आधा पनि काम भएको छैन । अझै कति दिन यसरी धुलोमा हिँड्नुपर्ने हो ।’

समयमा न सडक निर्माण भएको भए आफुले दैनिक जसो यसरी धुलोमा हिँड्नु नपर्ने उनको भनाई छ । आल्मुनियम पसलमा काम गर्दै आएका बिष्टले धुलोका कारण बेला बेलामा बिरामी पर्ने गरेको समेत बताए ।
धुलाम्मे सडकका कारण व्यापार नै ठप्प भएको मंगलगढि लाटिकोईली सडक छेउमा घुम्तीमा व्यपार गर्दै आएका गणेश विकले बताए । ‘आजकाल धुलोको डरले बाटोमा हिँड्ने मानिसहरु पनि अर्कैबाटोबाट हिँड्छन् । पैसा हुनहरु अटोमा जान्छन्,’ उनले भने, ‘मानिस नआउँदा लामो समय देखि व्यापारमा घाटा हुँदै आएको छ ।’

यति मात्रै नभएर सुर्खेतको प्रसिद्ध पर्यटकीय क्षेत्र काँक्रेविहार जाने एकमात्र बाटो पनि सोहि सडक हो । समयमा नै सडक निर्माण भएको अवस्थामा बाटो हिँड्ने मानिसहरु काँक्रेविहार जनो पर्यटकहरुले साँस्ती खेप्नु पर्ने अवस्था नआउने वडा नम्बर ९ का वडा अध्यक्ष सुरेश मानन्धरले बताए ।

हाल उक्त सडक निर्माणको काम वीरेन्द्रनगरनगरपालिका र भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार निर्देशनालयबाट भइरहेको छ । वीरेन्द्रनगर नगरपालिकाले नाला निर्माणको काम गरिरहेको छ भने प्रदेश सरकारबाट ग्राबेलको काम भएको छ । गएको असार मसान्त सम्म निर्माणको काम सक्नु पर्ने भए पनि हाल सम्म आधा पनि काम भएको छैन ।

तर वीरेन्द्रनगर नगरपालिकाले नाला निर्माणको काम करिव ६० प्रतिशत सकेको बताएको छ । नगरपालिकाका इन्जिनियर हरी केसीले नाला निर्माणको काम लाटिकोईलीको दोस्रो गेट सम्म पुगेको र त्यहाँ ६ फिट गहिरो दलदल माटो भएकाले केहि दिन अघिबाट काम रोकिएको बताए । ‘कोरोना माहामारीमा चैत्रबाट रोकिएको काम भदौँबाट सुरु भएको थियो । आजकाल दलदले माटोका कारणले फेरी रोकिएको छ,’ उनले भने, ‘अहिले पानी फालेर सुकाउने काम भइरहेको छ । अब दशै पछिबाट मात्रै काम हुन्छ ।’

नाला निर्माणको काम श्याम एण्ड संङकर निर्माण कम्पनीले जिम्मा लिएको छ । सम्झौता अनुसार उक्त नाला निर्माणको काम गत आर्थिक बर्ष २०७६/०७७ असार समान्त सम्म सक्नुपर्ने थियो । तर कोरोनाको कारण देखाए पछि असोज मसान्त सम्म सक्ने गरी म्याद थप भएको थियो । त्यो समय भित्र पनि नसकिने भए पछि चालु आर्थिक बर्ष भित्र सक्ने गरी म्याद थप गरिएको नगरपालिकाले जानकारी दिएको छ । १२ सय मिटर नाला निर्माणको काम कम्पनीले दुई करोड ४५ लाखमा गरिरहेको नगरपालिकाले जानकारी दिएको छ ।

नाला निर्माणको काम पछिल्लो समय विद्युत विस्तारका कारणले पनि ढिला हुँदै गएको इन्जिनियर केसीले बताए । ‘विद्युत स्थानान्तरणको काम समयमा नै नभएका कारण नाला निर्माणको काम समेत धेरै पटक रोकिने पुगेको छ,’ उनले भने, ‘विद्युत स्थानान्तरणको काम समयमा नै नभएको भए नाला निमार्णको काम पछि केहि छिटो हुने थियो ।’

नाला निर्माणका काम नसकिदा ग्राबेल गर्ने काम सुरु हुन सकेको छैन । पूर्वाधार विकास निर्देशनालयका प्रमुख बाशुदेव पौडेलले एक किलोमिटर सडक क्षेत्रमा नाला निर्माण भएको भए पनि ग्राबेल गर्न सकिने बताए । कहिल्यै जग्गा बिवाद, कहिल्यै बिजुलीका पोल सार्दा कहिल्यै कोरोना माहामारीका कारणले नाला निर्माणको काम रोकिदै गएको उनको भनाई छ । ग्राबेलको काम हाम्रो निर्माण सेवाले जिम्मा लिएको छ । जसको म्याद गत आर्थिक बर्षमा सकिएको छ ।

यता नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले आफ्नो कमजोरी ढाक्न विद्युतलाई दोष दिन नमिल्ने बताएको छ । वितरण केन्द्रका प्रमुख टंकराज गिरीले सजह रुपमा काम गर्ने वातावरण नहुँदा ढिला भए पनि अबको केहि दिनमा काम सकिने बताए ।

‘सुरुमा विद्युतको पोल गाड्ने जाँदा कहाँ गाड्ने केहि अत्तोपत्तो थिएन,’ उनले भने, ‘त्यो तोकिदिएको भए हामी छिटो काम गथ्यौँ । पहिचान गर्न एकदमै गाह्रो भयो । कति ठाउँमा स्थानीयले पोल नै गाड्न दिएनन् । एकदमै विवाद भयो ।’ हाल विद्युत स्थानन्तरणको काम गर्दा मंगलगढि चोक देखि पश्चिम क्षेत्रको पूरै बत्ति नै जाने हुनाले बिदाको दिन पारेर स्थानान्तरणको काम गरिरहेको बताए ।